खेलकुद Friday, 17 Nov, 2017
Prestige Media

दिदीबहिनीको जित

मंसिर १, २०७४-जुम्ल्याहा राणा दिदीबहिनी मायांका र माहिकासहित आर्मीकी अभिलाषा विष्ट बिहीबार १४ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको महिला सिंगलमा दोहोरा जित भएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा पुलिसकी मायांकाले पश्चिमाञ्चलकी गंगा शर्मालाई ६–२, ६–२ र एपीएफकी एनी माथेमालाई ६–१, ६–४ को सोझो सेटमा हराइन् ।

माहिकाले एपीएफकी इन्द्रकला श्रेष्ठ र आर्मीकी इरा रावतलाई समान ६–०, ६–० को सोझो सेटमा हराइन् । अभिलाषाले इरालाई ६–४, ६–३ र एपीएफकी भगवती बिकलाई ६–२, ६–० को सेटमा हराइन् ।

महिला सिंगलमै एपीएफका खेलाडीहरू एनीले आफ्नै टिमकी विजिशा श्रेष्ठलाई ६–३, ६–०, भगवतीले क्याथ्रिन माथेमालाई ७–५, ७–५, विजिशाले मध्यमाञ्चलकी स्नेहा यादवलाई ६–१, ६–२ र क्याथ्रिनले इन्द्रकलालाई ६–०, ६–१ ले हराए ।

यस इभेन्टमा ११ खेलाडी सहभागी छन् । उनीहरूले दुई समूहमा रहेर राउन्ड रोबिन लिग खेल्ने छन् । त्यसपछि वरीयता निर्धारण गरिने टेनिस संघले जनाएको छ ।

पुरुष सिंगलमा एपीएफका श्रीराम मगरले मध्यमाञ्चलका निशान श्रेष्ठलाई ६–२, ६–४ ले हराए । तर श्रीराम मध्यमाञ्चलका राजेश क्षेत्रीसँग ५–७, ७–५, ७–५ ले पराजित भए । आर्मीका संरक्षकभूषण वज्राचार्यले पुलिसका महेश श्रेष्ठलाई ६–२, ६–२ र पश्चिमाञ्चलका अभिषेक बाँस्तोलालाई ४–६, ६–३, ६–४ ले हराएका थिए ।

पुलिसका कमलबहादुर भण्डारीले आर्मीका अभिनव आचार्यलाई ६–०, ६–१, पश्चिमाञ्चलका अभिषेक बाँस्तोलाले सुदूरपश्चिमका गौरवप्रताप शाहीलाई ६–०, ६–२ ले हराए ।

त्यस्तै पुलिसका दावा शेर्पाले आर्मीका सम्यकभूषण वज्राचार्यलाई ६–२, ६–०, एपीएफका सन्तोष खत्रीले आफ्नै टिमका आत्माराम कार्कीलाई ६–३, ७–५, आर्मीका प्रणव खनालले मध्यमाञ्चलका गौरीशंकर श्रेष्ठलाई ६–०, ६–०, अभिनवले मध्यमाञ्चलका निशानलाई ६–१, ३–६, ७–६, पुलिसका महेशले सुदूरपश्चिमका गौरवलाई ७–६, ६–४ ले हराए । एपीएफका सन्तोषले पुलिसका दावालाई ६–४, ७–६, आर्मीका सम्यकले एपीएफका आत्मारामलाई ६–३, ६–२, पश्चिमाञ्चलका प्रदीप खड्काले मध्यमाञ्चलका शिवराराम मगरलाई ६–२, ६–४ तथा मध्यमाञ्चलका गौरीले आफ्नै टिमका राजेशलाई ६–१, ६–१ को सेटमा हराए ।

पुरुष सिंगलमा सहभागी १७ खेलाडीले चार समूहमा रहेर प्रतिस्पर्धा गरिरहेका छन् ।


source ;kantipur

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

अन्तिम टेष्ट म्याचमा भारतको रोमान्चक जित

विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL