आजको पत्रपत्रीकाबाट Sunday, 18 Sep, 2016
Prestige Media

टिकट अभाव हुँदा आममाफीमा सहभागी भएर नेपाल फर्कन पाएनन् कामदार

आश्विन २, २०७३- कतार सरकारले कम्पनी छाडेर भागेर काम गर्दै आएका आप्रवासी कामदारको लागि दिएको आममाफीमा सहभागी हुन चाहनेहरु टिकट अभाव हुँदा स्वेदश फर्किन पाएका  छैनन् ।

कतारले सेप्टेम्बर १ देखि डिसेम्बर १ सम्म आममाफीको लागि समय दिएको छ ।  दसैं तिहारको पर्व पारेर घर बिदामा स्वदेश फिर्नेहरुले पहिला नै टिकट बुकिङ गरेकाले अहिले टिकट पाउन मुस्किल परेको हो ।

कतारको आन्तरिक मन्त्रालयले गैरकानुनी ढंगले कतारमा बस्दै आएका आप्रवासीहरु कामदारलाई बिना झन्झन्ट स्वदेश फर्कनसक्ने वातावरण बनाएको दाबी गरेको छ । यो १२ वर्षपछि खुलेको हुनाले नेपाली दूतावासले पनि यस प्रक्रियामा सहभागी हुन अनुरोध गर्दै आवश्यक समन्वय गर्दै आएको छ ।

‘टिकटै पाउन मुश्किल छ । पाइहालेमा पनि एकदमै महँगो छ,’ पाल्पाका भीम थापाले भने, ‘अब दसैं तिहार अगाडि घर गइएला जस्तो छैन् ।’

कतारबाट नेपाल सिधा उडान नेपाल एयरलाइन्स, हिमालायन एयरलाइन्स र कतार एयरवेजले भर्दै आइरहेको छ । बजेट एयरमा एयर अरेबिया र फ्लाइ दुबई छ । बजेट एयरलाइन्सको टिकट लिएर आममाफी प्रक्रियामा सहभागी हुन जाँदा भनेको दिनमा एक्जिट पेपर नपाए टिकट नै खेर जाने अवस्था छ । ‘आममाफी नोभेम्बर पछि दिएको भए निकै सजिलो हुने रहेछ । त्यतिखेर स्वदेश फिर्नेहरुको सिजन पनि नहुने थियो । टिकट पनि निकै सस्तो हुन्थ्यो,’ कास्कीका लालबहादुर परियारले भने, ‘अहिले त टिकट खरिद नै गर्न नसकिने स्थिति छ ।’

टिकट नभएपछि आममाफीमा सहभागी हुनेहरु उल्लेख्य छैनन् । कतार सरकारले  सन् २००९ को कानुन नं ४ को प्रवेश, गमन, आवासीय र स्पोन्सरसीप सम्बन्धि कानुन उल्लंघन गरेर बस्ने आप्रवासी कामदारको हकमा आममाफी आर्कषित हुने जनाएको छ । आममाफीमा स्वदेश फर्कनेलाई कामदारलाई दुई वर्षपछि कतारमा काम गर्न आउन पाउने व्यवस्था गरेको आन्तरिक मन्त्रालयले जनाएको छ ।

आन्तरिक मन्त्रालयले आममाफीको सुबिधा लिएर घर फिर्न चाहनेलाई कतारको सल्वारोड स्थित खोज तथा अनुगमन विभाग (सर्च एण्ड फलोअप डिर्पाटमेन्ट, जसलाई नेपालीले सिआइडी भनेर चिन्ने गर्छन्) मा सम्पर्क गर्न भनेको छ । यो विभागमा कम्पनीले एक्जिट पेपर (ख्रुज पेपर) नदिएर स्वदेश फिर्न नपाएकाहरु सहजीकरण गरिदिन पुग्ने गरेका छन् । मन्त्रालयका अनुसार दैनिक दुई सय भन्दा बढी कामदार त्यहाँ पुग्ने गरेका छन् ।

कतारमा झन्डै चार लाख नेपाली कार्यरत रहेकोमा करिब ३ लाख ७५ हजार जना नेपालीले आवासीय अनुमति लिएर बसेका छन् । गैरकानुनी कामदाकारे संख्या यकिन नभए करिव १५ देखि २० हजार नेपाली रहेको अनुमान गरिएको छ ।

नेपाली दूतावासका अनुसार त्यस हैसियतमा भएकाहरु स्वदेश फिर्नका लागि दैनिक २० देखि ३० जना सहजीकरणको लागि दूतावास आउने गरेको छ ।

नेपालमा म्यानपावर कम्पनीसँग गरेको सम्झौता अनुसार कम्पनी, तलब, काम र सेवासुबिधा नभएपछि नेपालीहरु गैरकानुनी भएर बाहिर काम गर्ने गरेका छन् । त्यस्ता कामदारहरु विशेष गरी प्रहरीबाट बच्नको लागि मरुभूमीमा भेडा चराउने, खेतिपातिको काम गर्ने र विभिन्न कम्पनीमा गएर लुकेर काम गर्ने गरेका छन् ।

‘म यतिखेर ऊँट चराउने काम गरिरहेको छु । कम्पनीले नियममीत तलब दिएको भए भागेर यस्तो कठिन जीवन जीउन पर्ने अवस्था थिएन,’ सिन्धुलीका श्याम परियारले कान्तिपुरलाई भने । कतार सरकारले यसअघि सन् २००४ मा  मार्च २१ देखि जुन २० सम्मको लागि आममाफी दिएको थियो । त्यस बेला समयअवधि थप गरिएको थिएन ।
त्यस बेला ६ हजार गैरकानुनी हैसियत भएका आप्रवासी कामदार स्वदेश फर्किएका थिए। त्यस बेला कतारमा ६ लाख ५० हजार जनंसख्या थियो । अहिले कतारको जनसंख्या करिब २५ लाख पुगिसकेको छ । लामो समयमा आममाफी खुलेकोले धेरै गैरकानुनी कामदारले यस अभियानमा सहभागी हुने अपेक्षा गरिएको छ ।आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL