आजको पत्रपत्रीकाबाट Friday, 16 Sep, 2016
Prestige Media

भागबन्डामै चल्छ त्रिवि

काठमाडौं- ‘सर, तल्लो निकायमा भागबन्डा गर्नुभन्दा राम्रो हामी सबैलाई लगेर खाल्डोमा हाल्दिनुस्,’त्रिभुवन विश्वविद्यालयकर्मचारी महाशाखाकाउपप्रशासक विष्णु अर्यालले केही दिनअगाडिउपकुलपति तीर्थराज खनियासमक्ष आक्रोश पोखे,’उपकुलपतिदेखि डिन,कार्यकारी निर्देशक हुँदै अब महाशाखा प्रमुखमा समेत भागबन्डा हुन थाल्यो। यसले विश्वविद्यालयको स्तर खस्कियो।’

लोकतन्त्र स्थापनापछि विश्वविद्यालयको शैक्षिक स्तर खस्कन थालेको भन्दै विश्वविद्यालयमा भइरहेको नियुक्ति भागबन्डाप्रतिउनले असन्तुष्टि जनाउँदै आएकाछन्। ‘त्यही भएर हामी कर्मचारीलाईनै बरु खाल्टोमा हाल्दा भइहाल्यो नि भनेर मैले उपकुलपतिलाई भनिदिएँ,’अर्यालले नागरिकसँग भने।

विश्वविद्यालयका चार संकाय र पाँच अध्ययनसंस्थान छन्। शिक्षाशास्त्र संकाय र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको डिनसाउनदेखि नै खालीछ।यसैगरी असोज २ गते वनविज्ञान अध्ययन संस्थान,व्यवस्थापन र मानविकी संकायको डिन खाली हुँदै छ। भागबन्डा नमिलेकै कारण डिन नियुक्ति हुन नसकेको अर्याल बताउँछन्। विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा भने रामप्रसाद खतिवडा नियुक्त भइसकेका छन्।

यसैगरी विश्वविद्यालयको चार अनुसन्धानकेन्द्रमा समेत भागबन्डा नमिलेर कार्यकारी निर्देशक नियुक्त हुन सकेका छैनन्। कांग्रेस,एमाले र माओवादीनिकट प्रध्यापक आ–आफ्नोभाग मिलाउन उपकुलपतिलाई दबाब दिइरहेका छन्। नियुक्ति भागबन्डाबारे छलफल गर्न सोमबारएमालेनिकट नेपाल प्रगतिशील प्रध्यापक संगठनको बैठकनै बसेकोथियो। ‘विगतमा हाम्रो दलको भागमा उपकुलपति हुने गरेको थियो,’संगठनका अध्यक्ष यादव लामिछानेले  भने,’त्यही भएर इन्जिनियरिङ अध्ययन संस्थान र शिक्षा संकायको डिन हाम्रो भागमा परेको थियो। तर, यसपालि उपकुलपति नेपाली कांग्रेसको भागमा परेको छ।त्यही भएर हामीले चारवटा डिन माग गरेका छौँ।’

दुईवटा डिनमा चित्त बुझाउँदै आएको एमाओवादीनिकट नेपाल राष्ट्रिय प्रध्यापक संगठनले पनि यस वर्ष तीन वटा डिन मागेको छ। स्रोतका अनुसार संगठनका महासचिव पूर्ण लामिछानेले एक डिन थप्नेबारे उपकुलपतिसँग छलफल गरिरहेका छन्।’विगतमा माओवादीलाई विज्ञान तथा प्रविधि र व्यवस्थापन दिँदै आएकोमा अहिले एक थप्ने छलफल भइरहेको छ,’महासचिव लामिछानेले नागरिकसँग भने, ‘माओवादीले वनविज्ञानको डिन पद माग गरेको छ तर कांग्रेसको वर्चस्वरहेकालेउनीहरूले छाड्न मानेका छैनन्।’

त्रिविका चार अनुसन्धान केन्द्रमा समेत कार्यकारी निर्देशक असोजमा खाली हुँदै छ। भागबन्डा नमिलेकै कारण नियुक्ति गर्न नसकिएको योजना महाशाखाप्रमुख ऋदिशकुमार पोखरेल बताउँछन्। ‘यसपालि त्रिविले राजनीति भागबन्डा अन्त्य गर्न मापदण्ड बनाएर नियुक्ति गर्ने तयारी गरेको छ,’प्रमुख पोखरेलले नागरिकसँग भने, ‘तर त्रिविमा जरा गाडेर बसेको भागबन्डामा नियुक्ति हुने परम्पराले काम गर्न मुस्किल पर्ने मैले देख्छु।’

कानुन संकायका डिन तारा सापकोटाले कुनै पनि विश्वविद्यालयमा राजनीतिक भागबन्डाले प्राज्ञिक मर्यादा कायम गर्न चुनौती थपिने जनाए। उनले राजनीतिक भागबन्डाभन्दा पनिविश्वविद्यालयका विभिन्न निकायमा नियुक्त हुने अधिकारीको आ–आफ्ना संस्थालाई कस्तो बनाउने स्पष्ट दृष्टिकोण र लक्ष्यलाई आधार बनाएर नियुक्ति गर्ने परिपाटी थालनी गर्नुपर्ने सुझाए।’राजनीतिक भागबन्डामा नियुक्त पदाधिकारी विश्वविद्यालयभन्दा पनि दलप्रति बढी बफादार हुन्छन्,’डिन सापकोटाले नागरिकसँग भने,’यसलेप्राज्ञिक मर्यादा कायम गर्न ठूलो चुनौती थपिँदै छ।’आजको नागरिक दैनिकबाट 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL