कला / साहित्य
Tuesday, 17 Apr, 2018
मण्डला नाटकघरमा दयाहाङ राईको ‘क्लब सेभन’
‘क्लब सेभन’ मा मानिसहरु विभिन्न उत्सव मनाउछन्। उनीहरु देखावटीकै लागि पनि सानादेखि ठूला उत्सव यस्तै भव्य ठाउँमा मनाउन चाहँन्छन्। यही कथामा बुनिएको नाटक ‘क्लब सेभन’ मण्डला नाटकघरमा मंगलबारबाट मञ्चन हुँदैछ।
यो एक ‘एब्सर्ड’ नाटक हो। नाटकमा तीनवटा घटना देखाइने छ जसले समसामयिक शहरी सभ्यतामा मानिसको मनोविज्ञान कस्ताे हुन्छ भनेर बताउँछ।
अभिनेता दयाहाङ राई र राजन खतिवडाले नाटकलाई निर्देशन गरेका हुन्। सोमनाथ खनाल र सिजन दाहालले नाटकलाई लेखेका छन्।
नाटकलाई मण्डलामा छैंठौं ब्याचका २७ कलाकारहरुले प्रदर्शन गर्न लागेका हुन्। सुषमा निरौला, रिजन परियार, सचिन मल्ल, कुशल गजमेर, सबिन घलन, सपना चौधरी, करण चन्द, किरण भेतवाल, समित कपाली लगायतका कलाकारले नाटकमा अभिनय गरेका छन्।
‘क्लब सेभन’ वैशाख २३ सम्म मञ्चन हुनेछ।
सेतोपाटी







