आजको पत्रपत्रीकाबाट
Sunday, 12 Nov, 2017
एसीसी यू-१९ एसिया कप : नेपाल भारतसँग भिड्दै
काठमाडौं : मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा हाल नेपालले बलियो प्रतिद्वन्द्वी भारतको सामना गरिरहेको छ । बायुमास रंगशालामा जारी खेलमा भारतले टस जितेर नेपाललाई व्याटिङको निम्ता दिएको छ ।
१० औ ओभरमा नेपालको दोस्रो विकेट गुमेको छ । अनिल शाह ६ रनमा आउट भएका छन् । कप्तान दिपेन्द्रसिंह ऐरी व्याटिङमा आएका छन् । नेपालको व्याटिङ गति सुस्त भएको छ, १७ ओभरमा ४४ रन, २ विकेटको क्षतिमा , जितेन्द्र सिंह र दिपेन्द्र ऐरीको पार्टनरसिपले ४३ बलमा १६ रन बनाएका छन्
एसीसी यू-१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल रहेको समूह ए मा नेपालसहित भारत, बंगलादेश र मलेसिया रहेका छन् भने समूह बी मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन्। शनिबार बंगलादेशसँग नेपाल २ विकेटले पराजित भएको थियो ।
source ; annapurnapost








