Exclusive News
Tuesday, 31 Oct, 2017
एएफसी यु-१९ च्याम्पियनसीप छनौट : नेपाल कीर्गिस्तानविरुद्ध खेल्दै
काठमाडौं— नेपालले एएफसी यु-१९ फुटबल च्याम्पियनसीप छनोट प्रतियोगितामा आज कीर्गिस्तानसँग खेलिरहेको छ। पहिलो हाफ सकिँदा नेपाल एक गोलले पछि परेको छ।
एएफसी यु-१९ फुटबल च्याम्पियनसिपको छनोट चरणमा नेपालले आयोजक कीर्गिस्तानसँगै बहराइन, युएई र ओमानसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा सञ्चालन हुने छनोट चरणमा शीर्ष स्थान हात पार्ने टोली अर्को वर्ष हुने फाईनल चरणका लागि छानिनेछ। प्रतियोगिताका लागि एसियाका सबै टोलीलाई १० समूहमा विभाजन गरिएको छ
नागरिक समाचार बाट सभार








