Breaking News Wednesday, 13 May, 2026
Prestige Media

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखिएको आन्तरिक विवाद तत्कालका लागि साम्य भएको छ । संसदीय दलका नेता राजेन्द्र सिंह रावलले आत्मालोचना गरेपछि दलभित्रको तनाव मत्थर बनेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका सबै प्रदेशसभा सदस्यलाई गुण्डुस्थित निवासमा बोलाएर विवादबारे छलफल गरेका थिए । २३ बैशाखमा पहिलो चरणमा प्रदेश सांसदहरूसँग र त्यसपछि उपमहासचिव लेखराज भट्ट, प्रदेश संयोजक गणेश ठगुुन्ना, अध्यक्ष कृष्णप्रसाद जैशी र दलका नेता रावल लगायतसँग पनि छुट्टाछुट्टै संवाद गरेका थिए ।

छलफलका क्रममा रावलले आफ्नो कार्यशैली र व्यवहारबारे उठेका प्रश्नमा आत्मालोचना गर्दै आगामी दिनमा सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार रावलले आफूबाट बोली वा व्यवहारका कारण असहज महसुस भएको भए क्षमा दिन आग्रह गरेका थिए । साथै, पार्टीलाई हानि पुग्ने कुनै काम आफूले नगरेको दाबी गरेका थिए ।

अध्यक्ष ओलीको उपस्थितिमा भएको छलफलमा रावलले कमजोरी सच्याउने प्रतिबद्धता जनाएपछि संसदीय दलको नेतृत्व परिवर्तनको विषयले धेरै स्थान पाएन ।

रावललाई दलको नेताबाट हटाउनुपर्ने मागसहित उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल र सांसद दमन भण्डारीले अध्यक्ष ओली तथा महासचिव शंकर पोखरेलसँग छुट्टाछुट्टै छलफल गरेका थिए । तर गुण्डुमा भएको छलफलमा भने उनीहरूले नेतृत्व परिवर्तनभन्दा सरकार पुनर्गठनमा बढी जोड दिएको बताइन्छ ।

छलफलमा सहभागी एक नेताका अनुसार, रावलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका नेताहरूले आगामी आर्थिक वर्षको बजेटअघि मन्त्रिपरिषद् पुनर्गठन गरेर आफूहरूलाई पनि सरकारमा सहभागी गराउन प्रस्ताव गरेका थिए ।

अध्यक्ष ओलीले रावललाई संसदीय दलभित्र सबै सांसदलाई एकताबद्ध बनाएर अघि बढ्न निर्देशन दिएका छन् । सरकार पुनर्गठनको विषयमा भने अन्य नेताहरूसँग परामर्श गरेर निर्णय लिने संकेत दिएको नेताहरूले बताएका छन् ।

स्रोतका अनुसार नेपाली कांग्रेससँगको सत्ता समीकरण कायम राख्ने वा नेकपाले अघि सारेको प्रस्तावअनुसार नयाँ राजनीतिक समीकरण बनाउने भन्ने विषयमा शीर्ष तहमा छलफल जारी छ ।

यता, संसदीय दलका नेता राजेन्द्रसिंह रावलले अध्यक्ष ओलीको उपस्थितिमा भएको छलफलबारे सार्वजनिक टिप्पणी गर्न अस्वीकार गरेका छन् । उनले त्यसबारे अध्यक्षसँगै बुझ्न आग्रह गरेका छन् ।

रावलमाथि बजेट विनियोजन, राजनीतिक नियुक्ति र सरकार सञ्चालनमा एकलौटी गरेको आरोप लगाउँदै केही प्रदेशसभा सदस्यहरू लामो समयदेखि असन्तुष्ट थिए । विवाद चर्किंदै गएपछि स्वास्थ्य समस्याका बीच पनि अध्यक्ष ओली आफैं सक्रिय भएर समाधान प्रक्रियामा जुटेका हुन् ।

रावल हटाउन दबाब दिँदै आएको समूहले भने अहिलेका लागि उनको कार्यशैली हेर्ने र सुधार नभए थप कदम चाल्ने संकेत गरेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

सुशीला कार्कीको आक्रोश– अब मलाई होइन, बालेनकी श्रीमतीलाई ‘आमा’ भन्नू

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण

काठमाडौं बिहान ८:३०देखि कर्फु

नेप्सेपरिसुचक ३००० माथि

आइसिसी क्रिकेट विश्वकप लिग-२: नेदरल्याण्ड्स सँगनेपालको रोमान्चक जित

आईपीएलले पायो नयाँ च्यामपियन रोयल च्यालेन्जर्स बैंग्लुर विजयी

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL