प्रमुख समाचार
Tuesday, 5 Aug, 2025
भारतको उत्तरकाशीमा भीषण बाढी, चारको ज्यान गयो, धेरै जना बेपत्ता भएको आशंका
भारतको उत्तराखण्ड राज्यमा भएको लगातार भारी वर्षापछि पहिरो र बाढीको कारण कम्तीमा चार जनाको मृत्यु भएको छ भने कैयौँ बेपत्ता भएका छन्। प्रभावित क्षेत्रहरूमा जनजीवन अस्तव्यस्त बनेको छ।
देहरादुन जिल्लामा आएको वर्षापछिको पहिरोले धेरै स्थानमा सडक तथा घरहरूमा क्षति पुर्याएको छ। उता उत्तरकाशी जिल्लाको धाराली गाउँमा आएको आकस्मिक बाढीले स्थानीय बस्तीहरूमा ठुलो क्षति पुर्याएको छ।
मौसम विभागले अझै केही दिन भारी वर्षा हुने सम्भावना औंल्याएको छ। स्थानीय प्रशासनले उच्च सतर्कता जारी राखेको छ र जोखिमयुक्त स्थानमा बसोवास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ।







