Exclusive News Monday, 19 Feb, 2024
Prestige Media

देशभर प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं– २००७ फागुन ७ मा एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनास्वरुप आज देशभर प्रजातन्त्र दिवस मनाइँदै छ।
सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउन आह्वान गरेको छ भने देशभर सार्वजनिक बिदा दिइएको छ।
प्रजातन्त्र दिवस अवसरमा सैनिक मञ्च टुँडिखेलमा गरिएको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, मन्त्रीलगायत सरकारका उच्च पदस्थ सहभागी भए।
नेपालमा २०१७ पछि राजा महेन्द्रको पञ्चायती शासन २०४६ को आन्दोलनपछि ढलेको थियो। २०६५ जेठ १५ को पहिलो संविधानसभाले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको छ।
दोस्रो संविधानसभाले विसं २०७२ असोज ३ गते संविधान जारी भएको थिए।
प्रजातन्त्र दिवस अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, कांग्रेस सभापति, एमाले अध्यक्षलगायत नेताहरुले शुभकामना व्यक्त गरेका छन्।
आज बिहान टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताए।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिए।
सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रको रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कुल गार्हस्थ उत्पादनमा गुणात्मक विकास गर्ने राष्ट्रको जिम्मेवारी रहेको बताए।
उनले भने, ‘परम्परागत विकासको मोडल पुनरावलोकन गरी उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुनुछ’, प्रधानमन्त्रीले भने, ‘रोजगारीका अवसर सिर्जना गरी बौद्धिक पलायन रोक्नुछ। युवामा आशाको रक्तसञ्चार भर्नुछ। नेपाललाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्नुछ।’
प्रजातन्त्र लोकहित अभिवृद्धि गरी राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासको आधार तयार गर्ने व्यवस्था भएको बताउँदै प्रधानमन्त्री दाहालले जनताले आफूलाई शासन गर्ने प्रतिनिधि आफैँ चयन गरेर पठाउने प्रजातान्त्रिक प्रणालीले राज्यमा अग्रगामी प्रगति र उन्नतिको आधार सिर्जना गर्ने विश्वास व्यक्त गरे।
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुने भएकाले यस व्यवस्थामा देखिएका सीमा र कमजोरीको समाधानसमेत यहीँ व्यवस्थाभित्र मात्रै सम्भव रहने उनले उल्लेख गरे।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

प्रधानमन्त्रीको शपथ ग्रहणमा सांस्कृतिक विविधता: मिथिला आर्टदेखि सिलाम साक्मा

अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

लोकतन्त्रमा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौं बिहान ८:३०देखि कर्फु

घिउकुमारीका यती धेरै फाइदा आज सम्म कसैलाई थाहा छैन

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL