प्रमुख समाचार Tuesday, 13 Feb, 2024
Prestige Media

क्यान इन्फोटेक समापन, अब प्रदेशस्तरीय प्रदर्शनी हुने

काठमाडौं– कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ सम्पन्न भएको छ।
राजधानीको भृकुटीमण्डपमा माघ २५ देखि २९ सम्म चलेको क्यान इन्फोटेकको २९औं संस्करण हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गत बिहीबार क्यान इन्फोटेक २०२४ उद्घाटन गरेकी थिइन्।
इन्फोटेकमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्रान्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, फिन्टेक प्रविधि, इकमर्स, आईटी तालिमप्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल, राइड सेयरिङ एपलगायतसँग सम्बन्धित स्टलमा अवलोकनकर्ताको विशेष चासो देखिएको क्यान महासंघ महासचिव चिरञ्जीवी अधिकारीले बताए।
यस पटकको इन्फोटेकमा नेपाली युवाका नवीनतम सोच, उत्पादन तथा समाधानलाई प्राथमिकता देखिएको बताउँदै महासचिव अधिकारीले डिजिटल साक्षरता, ब्लकचेन प्रविधि, एआई, साइबर सुरक्षालगायतका पक्षमा नेपालको सूचना प्रविधि क्षेत्रलाई तयार पार्न सहयोग पुगेको दाबी गरे।
प्रदर्शनीमा नेपाली स्टार्टअप र इनोभेसनबारे बुझ्न चाहने अवलोकनकर्ताको संख्या उल्लेख्य रहेको क्यान महासंघ अध्यक्ष रणजीत पोदारले बताए।
क्यान इन्फोटेक २०२४ को मुख्य प्रायोजकमा एस पावर बीपीई प्रालि र सह–प्रायोजकमा एचएमसी दहुआ रहेका थिए।
क्यान इन्फोटेक २०२४ मा प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेसन फाउन्डेसन, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरमा इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम थिए।
सिल्भर स्पोन्सरमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी प्रालि), इन्सेसेन्ट रेन प्रालि र हिमकम एनटेक रहेका थिए।
प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा, इन्टरनेट पार्टनरमा डिस मिडिया नेटवर्क, इनोभेसन पार्टनरमा एड्रेसग्राफ नेपाल, इन्स्योरेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेसन पार्टनरमा पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) रहेका थिए।

फुड एन्ड बेभरेज पार्टनरमा ¥याकेट बार एन्ड इभेन्ट्स र फाइबसाइट सोलुसन, भर्चुअल एक्जिबिसिन पार्टनरमा मण्डला सिस्टम प्रालि, ईआरपी पार्टनरमा डाइनामिक टेक्नोसफ्ट, स्मार्ट गेट पार्टनरमा बारकोट नेपाल, सीसीटीभी पार्टनरमा एचएमसी दहुआ र एसएमएस पार्टनरमा जानकी टेक्नोलोजी थिए।
प्रदर्शनीलाई सफल पार्न देश भित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), सुबिसु केबलनेट, एसर, इन्जिनियर भ्लग, नेपाल रोबोटिक्स एकेडेमी, मेन्टोरल्याब नेपाललगायतका संस्थाले सहयोग गरे।
अन्तर्राष्ट्रिय रूपमा असोसियो र टीओए सफ्टवेयर कर्पको सहयोग रह्यो।
प्रदर्शनी स्थलको ब्रान्डिङ कक्षमा फिनटेक, इन्टरनेट सेवाप्रदायक, टेलिकम सेवाप्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्सलगायत रहेका थिए।
यसपटक स्टार्टअप, इनोभेसन, कलेज तथा तालिम केन्द्र, सफ्टवेयर सोलुसन्सका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनीका लागि विशेष स्थान दिइएको थियो।
प्रदर्शनीमा करिब १५० स्टलको सहभागिता थियो। यसमा प्रदर्शनीकर्ता कम्पनीले आफ्ना वस्तु तथा सेवा उपभोक्तामाझ प्रवर्द्धन गरेका थिए।
मेला अन्तिम दिन कम्पनीले आफ्ना सेवा तथा उत्पादन खरिद एवं बुकिङमा ३० देखि ७० प्रतिशतसम्म छुट प्रदान गरेका थिए।
क्यानले राजधानीमा राष्ट्रिय स्तरको क्यान इन्फोटेक सफलताका साथ सम्पन्न भएपछि सन् २०२४ भित्र सातै प्रदेशमा क्यान इन्फोटेक गर्ने योजना ल्याएको छ। यसका लागि तयारी तीव्र पारिसकिएको क्यानले जनाएको छ।
पाँच दिनसम्म चलेको प्रदर्शनीमा हरेक दिन सरकार तथा मातहत निकायका तर्फबाट विशिष्ट अधिकारी, स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेशसभा, राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसद, विभिन्न राजनीतिक दल सम्बद्ध नेता, योजना आयोगका अधिकारी, नीति निर्माता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका व्यवसायी, कलाकार, समाजसेवी, विद्यार्थी तथा सूचना प्रविधिप्रेमीले अवलोकन गरेका थिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL