प्रमुख समाचार
Friday, 5 Jan, 2024
काठमाडौंमा न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस पुग्यो
काठमाडौं–काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज ३.५ डिग्री सेल्सियसमा झरेको छ। बिहीबार न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो।
आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस थियो। पौने ९ बजे झन् घटेर ३.५ डिग्री सेल्सियस मापन भएको र यो यस सिजनको अहिलेसम्मको सबैभन्दा कम तापक्रम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताए।
न्यूनतम तापक्रम घटेकाले आज काठमाडौंमा अन्य दिनको तुलनामा जाडो पनि धेरै महसुस भइरहेको छ।
अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात तथा तराई मधेसमा हुस्सु कुहिरो लागिरहेको छ।







