प्रमुख समाचार
Sunday, 24 Dec, 2023
माध्यमिक तह शिक्षकको जागिर खुल्यो
काठमाडौं–शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त मागेको छ।
आयोगले आज सूचना जारी गर्दै सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।
विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको सूचनामा भनिएको छ।
न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन प्रणालीबाट दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख छ। इच्छुक व्यक्तिले आयोगको अनलाइन प्रणालीमार्फत सम्पूर्ण विवरण भरी दरखास्त दिनुपर्नेछ ।







