प्रमुख समाचार Tuesday, 19 Dec, 2023
Prestige Media

२५ जोडी वरवधुको निःशुल्क विवाह

काठमाडौं– विश्व हिन्दु परिषद्ले धनुषाको जनकपुरधाममा २५ जोडी वरवधुको निःशुल्क विवाह गराएको छ ।
परिषद् अध्यक्ष सन्तोष साहको सक्रियतामा जनकपुरधामको जानकी मन्दिरमा शुभविवाह कार्यक्रम आयोजना गरिएको हो ।
भगवान् श्रीराम तथा माता सीताको शुभविवाहको अवसर पारेर जनकपुरधाममा सामूहिक निःशुल्क विवाह आयोजना गरिएको परिषद्का केन्द्रीय सदस्य डा मनोहर साहले बताए ।
सामूहिक शुभ विवाहका लागि लगन आवश्यक नभएको कारणले सामूहिक शुभ विवाह आयोजना गरिएको परिषद्का केन्द्रीय सदस्य साह बताउँछन् ।
विवाहमा बेहुला तथा बेहुलीका लागि आवश्यक पर्ने कपडा, एक थान पोतेसहितका आवश्यक पर्ने सबै सामग्री परिषद्ले निःशुल्क उपलब्ध गराएको थियो । विवाहलाई कम खर्चिलो तथा ऐतिहासिक बनाउन गरिब तथा विपन्न वर्गका बेहुलाबेहुलीको छनोट गरिएको केन्द्रीय सदस्य साहले जानकारी दिए ।
विवाहमा आउने जन्ती तथा परिवारलाई भोजन तथा आवासको व्यवस्थापन कलवार धर्मशालामा परिषद्ले नै गरेको थियो । विगत पाँच वर्षदेखि विश्व हिन्दु परिषद्ले सामूहिक विवाहको आयोजना गर्दै आएको छ ।
यसले विवाहमा हुने भड्किलो खर्चमा कमी आउनाका साथै अर्थका कारणले विवाह हुन नसकेकालाई राहत मिल्ने गरेको विवाहमा आएका बेहुली पक्षका आफन्तले बताएका छन् ।
विश्व हिन्दु परिषद् नेपालले चार वर्षदेखि जनकपुरधाममा विवाह पञ्चमीको भोलिपल्ट सामूहिक विवाह कार्यक्रम गर्दै आएको छ । विवाहका नाममा लिने दाइजो (दहेज) प्रथालाई चुनौती दिँदै ती जोडीको आदर्श विवाह गरिएको हो ।
प्रत्येक जोडीका लागि छुटाछुट्टै मण्डप अर्थात् मडबा वेदी बनाइएको जिल्ला अध्यक्ष सन्तोष साहले बताए । सामूहिक विवाहका लागि जनकपुरका सहयोगी हातहरुले सहयोग गरेका थिए ।
आयोजकले विवाहपूर्व झाँकी पनि निकालेर नगर परिक्रमा गराएका थिए ।
जनकपुरधाम रामसीताको विवाहस्थल भएकाले वैवाहिक संस्कार विकास गर्न र देश विदेशबाट यहाँ व्यक्ति विवाहका लागि आउने वातावरण तयार गर्न नै परिषद्ले सनातन परम्पराको सामूहिक विकास हेतु सामूहिक विवाहको कार्यक्रम आयोजना गरेको केन्द्रीय सदस्य डा मनोहर साहले बताए ।
कलवार कुट्टीमा वरवधु पक्षलाई भोजनपछि नगर परिक्रमा गराइएको थियो । विश्व हिन्दू परिषद् नेपालले गरेको सामूहिक विवाहको आह्वानमा तराई मधेसका विभिन्न जिल्लाका बेहुलाबेहुलीले विवाहका लागि फारम भरेका थिए ।
कानुनअनुसार बेहुलाबेहुलीको विवाह गर्ने उमेर पुगेको हुनुपर्ने सर्त राखिएकाले २० वर्षमाथिका बेहुलाबेहुलीको अभिभावकले फाराम भरेका थिए । आवेदन फाराममा वर र वधुको उमेर खुल्ने नागरिकता वा जन्मदर्ता संलग्न गरिएको विश्व हिन्दु परिषद्ले जनाएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL