कला / साहित्य
Monday, 28 Nov, 2022
‘महापुरुष’ले चार सातामा कमायो १० करोड ग्रस
हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्स अफिसमा १० करोड रुपैयाँ बढीको ग्रस कमाइ गरेको छ । प्रदर्शनको ३१ औं दिन शनिबारसम्म फिल्मले १० करोड १४ लाख रुपैयाँ कमाएको हो ।
फिल्मले दुई अंकको कमाइ गरेपछि निर्माताले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केक काटेर सफलताको खुसीयाली मनाए ।प्रौढ पुरुषको एक्लोपन र पुनर्विवाहको कथा प्रस्तुत गर्ने फिल्म चुनाव र विश्वकप फुटबलको माहोलमा पनि अहिले राम्रै अकुपेन्सीसहित चलिरहेको छ । फिल्ममा हरिवंशसहित गौरी मल्ल, अरुण क्षेत्री र अञ्जना बराइलीको प्रमुख अभिनय छ ।







