कला / साहित्य
Thursday, 25 Aug, 2022
‘प्रेमगीत ३’को नयाँ गीत ‘मायाको गाउँ’ सार्वजनिक
काठमाडौं ।आगामीअसोज ७ गतेदेखि प्रदर्शन हुने फिल्म ‘प्रेमगीत ३’ को नयाँ गीत ‘मायाको गाउँ’ सार्वजनिक भएको छ।विष्णु भण्डारीको शब्द रचना रहेको गीतमा सरोज पोखरेलको ,देवेश राईको एरेन्ज ,प्रताप दासको स्वर छ।
प्रेमकथामा आधारित ‘प्रेमगीत ३’को यसम्युजिक भिडियो अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङलाई रोमान्टिक मुडमा देख्न सकिन्छ।
सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्।आशुसेन फिल्म्सको प्रस्तुति रहेको फिल्म ‘प्रेमगीत ३’ मा प्रदीप खड्का, क्रिस्टिना गुरुङको साथमा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।







