Breaking News Sunday, 18 Sep, 2016
Prestige Media

नोवेल पुरस्कार विजेता वैज्ञानिक नेपालमा

काठमाडौं—नोबेल पुरस्कार विजेता वैज्ञानिक डान सेक्चमेन आइतबार काठमाडौं आइपुगेका छन्। धुलिखेलमा हुने अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका हुन्।

अमेरिकन डिपार्टमेन्ट अफ इनर्जीको एम्स ल्याब्रोट्रोरीसँग आबद्ध उनलाई क्वाजिआइक्रिस्टल आविष्कारका लागि २०११ को रसायनशास्त्रतर्फको नोबल पुरस्कार प्रदान गरिएको थियो। इजरायली नागरिक उनी अमेरिकाको आयोवा विश्व विद्यालयमा मेटरियल साइन्सका प्राध्यापक हुन्।

राजनीतिमा रुचि राख्ने उनले सन् २०१४ मा इजरायलमा भएको राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएका थिए।

आज आइतबारदेखि धुलिखेलमा सुरु हुने क्वजिआइक्रिस्टल अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा सहभागी हुन सेक्चमेन बिहान ६ः३० बजे काठमाडौं आइपुगेका हुन्। आज अपरान्ह ४ बजे काठमाडौं विश्वविद्यालय धुलिखेलमा उनले सम्मेलन उद्घाटन गर्नेछन्।

राजनीतिमा रुचि राख्ने उनले सन् २०१४ मा इजरायलमा भएको राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएका थिए।

नेपालमा रहँदा सम्मेलनबाहेक उनले दुई प्रवचन समेत दिनेछन्। सोमबार होटल सोल्टी एवं बुधबार त्रिभुवन विश्वविद्यालय प्रेक्षलयमा प्रवचन दिने आयोजकले जनाएका छन्।

सम्मेलनमा ४० देशका करिब १५० वैज्ञानिक सहभागी हुने संयोजक लिभरपुल विश्विद्यालयका प्राध्यापक डा.हेमराज शर्माले जानकारी दिए । नेपालको त्रिभुवन, बेलायतको लिभरपुल, जापानको तोकेकु विश्विद्यालयमा अध्यापनरत वैज्ञानिकहरुको संलग्नतामा यो अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो। भौतिकशास्त्र, रसायनशास्त्र तथा इन्जिनियरिङ विषयका ११० भन्दा बढी कार्यपत्र पेश हुने जानकारी शर्माले दिए।

अाज काठमाडाैं विश्वविद्यालयमा उद्घाटन हुने सम्मेलन २ देखि ७ असोजसम्म धुलिखेल रिसोर्ट एन्ड लजमा सञ्चालन हुनेछ।

के हो क्वजिआइक्रिस्टल ?
पदार्थ विज्ञानअन्तर्गतको क्वजिआइक्रिस्टल विशिष्ट खालको ठोस पदार्थ हो। यसमा सामान्य किसिमको क्रिस्टलभन्दा फरक किसिमले अणु संयोजन भएको हुन्छ। यसको उपयोग पछिल्लो समय खाना पकाउने भाँडामा भइरहेको छ। पकाउने क्रममा क्वजिआइक्रिस्टल कोटिङ गरिएको भाँडामा खाना नटाँसिने हुन्छ। बोलीचालीको भाषामा यस्ता भाँडालाई ननस्टिक भनिन्छ।

बलियो, हल्का र विशिष्ट किसिमको क्वजिआईक्रिस्टल विमान निर्माणमा सबैभन्दा उपयुक्त हुनसक्ने वैज्ञानिक परिकल्पना छ। यसको उपयोग विमानको बाहिरी भाग निर्माणमा उपयोग हुनसक्ने परिकल्पनामाथि अनुसन्धान भइरहेको छ।

क्वजिआइक्रिस्टल केन्द्रित भएर दक्षिण एशियामा हुन लागेको यो दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हो। अमेरिका, फ्रान्स, चीन, जापान, जर्मनी, स्विटजरल्यान्ड, मेक्सिको, पोल्यान्ड र भारतमा यसअघि यो सम्मेलन भइसकेको छ।आजको नागरिक दैनिक्मा खबर छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL