Breaking News Saturday, 10 Oct, 2020
Prestige Media

नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकै दिन थपिए ५ हजार ८

नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९ हजार ३ सय २० नमुना परीक्षण गर्दा १ हजार ८ सय २३ महिला र ३ हजार १ सय ८५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको ।
यो नेपालमा एकै दिन भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।
योसँगै कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । उनीहरूमध्ये ६ सय १४ जनाको मृत्यु भएको छ भने ७४ हजार २ सय ५२ जन संक्रमणमुक्त भएका छन् ।
देशभर ३० हजार ८१८ संक्रिय संक्रमित छन् । १७ हजार १ सय ६४ होम र १३ हजार ६ सय ५४ संस्थागत आइसोलेसनमा छन् । उनीहरूमध्ये ३ सय २१ जनाको आईसीयू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका २ हजार ६ सय ७२ संक्रमित थपिएका छन् । काठमाडौं जिल्लाका २ हजार १ सय, ललितपुरका ३ सय ६९ र भक्तपुरका २ सय ३ जना छन् ।
मोरङका ३ सय ६९, सुनसरीका ३ सय ९४, रुपन्देहीका २ सय १५, चितवनका १ सय ४७, सुर्खेतका १ सय ३४, दाङका ९३, तनहुँका ५५, मकवानपुरका ५४, कास्कीका ५१, झापा र सिन्धुलीका ४८–४८ जना, बाँकेका ४५, प्युठानका ४२, नुवाकोटका ४०, धादिङका ३८ जनामा संक्रमण देखिएको छ ।
यस्तै, पाल्पाका ३७, पर्सा र नवलपुरका ३६–३६, काभ्रे र कैलालीका ३५–३५, नवलपरासीका ३१, गोरखा २५, सर्लाही १९ तथा सिराहा र कञ्चनपुरका १८–१८ जनामा संक्रमण देखिएको छ ।
रौतहटका १७, बाग्लुङ र सल्यानका १२–१२ जना, धनकुटा, धनुषा, महोत्तरी र रुकुम पश्चिमका ११–११, बारा, दैलेख र बझाङका १०–१०, संखुवासभाका ९, दोलखा, जुम्ला र बैतडीका ८–८, म्याग्दी, स्याङ्जाका ७–७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, उदपयुर, सप्तरी, सिन्धुपाल्चोक, बर्दिया र अछामका ६–६, ओखलढुंगा, रामेछाप र रोल्पाका ५–५, इलाम, डडेलधुरा र डोटीका ४–४, खोटाङ, भोजपुर, रसुवा, पर्वत र दार्चलाका ३–३, लमजुङ र रुकुमपूर्व २–२ तथा ताप्लेजुङ, तेह्रथुम र कालीकोटका १–१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालय भन्यो– अप्ठेरो सुरु भयो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनदिनै कोरोना संक्रमित संख्या बढेपछि अप्ठेरो अवस्था आएको बताएको छ । डिस्चार्ज हुने दरभन्दा संक्रमित हुने बिरामी संख्या बढेको भन्दै यसले अप्ठेरो परिस्थिति निम्त्याउने मन्त्रालयले जनाएको हो ।
‘संक्रमितहरूको संख्या धेरै बढेको छ । अस्पतालहरू, आइसोलेसन सेन्टरहरू झन्डै भरिएका छन् । खचाखच बिरामी बढेका छन्’, शनिबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘यसले हामीलाई धेरै अप्ठेरो परिस्थितिमा पु¥याउँदै छ भन्ने आकलन गर्न सकिन्छ ।’
स्वास्थ्य मापदण्ड पालना गर्दै सुरक्षित रहन मन्त्रालयले सबै नागरिकलाई आग्रह गरेको छ ।

पर्यटनमन्त्री भट्टराई कोरोना संक्रमित
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् । ‘हालसम्म हल्का ज्वरोबाहेक अरु समस्या देखिएको छैन,’ उनले भनेका छन् ।
उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सतर्क रहन र कुनै समस्या देखिए परीक्षण गराउन आग्रह गरेका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

गरिमाका बुबा-आमासँग सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक

शंखमुलको होस्टलमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या

जेलबाट अस्पताल सारियो पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस सांसदले सभामुख भण्डारीलाई ‘सांसद पदका यमराज’ भनेपछि

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL