Breaking News Wednesday, 7 Sep, 2016
Prestige Media

उपत्यकामा हैजा प्रकोप

काठमाडौं- असार दोस्रो साता देखिएको हैजा संक्रमणले उपत्यकामा प्रकोपको रुप लिएको छ। उपत्यकाका ललितपुर र काठमाडौंमा त्यसयता १ सय ४० भन्दा बढीमा हैजा पुष्टि भइसकेको छ। मंगलबार मात्र थप तीन नयाँ बिरामीमा हैजाका जिवाणु भेटिएका छन्। पछिल्लोपटक केही दिनअघिसम्म इमाडोल, भैंसेपाटी, जडीबुटीलगायत क्षेत्रबाट बिरामी आइरहेका छन्।

हैजाले केही घन्टामै कडा जलवियोजन गराउने र तत्कालै उपचार नपाए बिरामीको ज्यानै जाने जोखिम हुन्छ। सुविधायुक्त ठाउँ र तत्काल उपचार सम्भव भएकाले उपत्यकामा कसैको ज्यान नगए पनि अधिकांशलाई तीनदेखि चार दिनसम्म अस्पताल भर्ना गरेर उपचार गर्नुपरेको छ।

प्रयोगशालाबाट प्रमाणित हैजाका बिरामीमध्ये ललितपुरमा मात्रै १ सय १० र काठमाडौंमा ३०, भक्तपुरमा २ र बाँकी स्रोत नखुलेको क्षेत्रमा केस भेटिएका छन्। भदौ पहिलो र दोस्रो साता मात्रै उपत्यकामा ३८ जनामा हैजा प्रमाणित भएको छ।

असार १६ मा काठमाडौको बाफलमा पहिलो बिरामी प्रमाणित भएको थियो।

भदौ सुरुबाटै लगातार बढी बिरामी भेटिइरहेको र मंगलबारसमेत नयाँ केस देखिएकाले प्रकोप अझै फैलिन सक्ने चेतावनी सरुवा रोग विशेषज्ञले दिएका छन्। हैजा फैलिएका ठाउँमा कारणको खोजीका लागि गरिएको विशेष नमुना परीक्षणबाट जार, ट्यांकरदेखि ढुंगेधाराका पानीमा समेत हैजाका जिवाणु भेटिएकाले रोग व्यापक मात्रामा फैलिइसकेको हुनसक्ने महाशाखाको आँकलन छ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा सहायक स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्माका अनुसार गत वर्ष सीमित ठाउँमा मात्रै बिरामी भेटिएकामा यस वर्ष फरकफरक ठाउँमा भेटिएका छन्।

‘अघिल्ला वर्ष बढी केस कालिमाटी, कुलेश्वर, कलंकी केन्द्रित थियो,’ शर्माले भने, ‘यो वर्ष चारैतर्फ र बढी मात्रामा ललितपुरमा देखिएको छ।’ नजिकिँदो चाडबाडका कारण मान्छेको आउजाउ र जमघट बढ्ने भएकाले रोग फैलिनसक्ने जोखिम बढ्नसक्नेतर्फ संकेत उनले गरे।

यो वर्ष काठमाडौंमा बाफल, सामाखुसी, त्रिपुरेश्वर, डल्लु, जडीबुटी, डाँछी, आलापोट र थानकोटमा हैजाका बिरामी भेटिएका छन्। सबैभन्दा बढी थानकोटमा फैलिएको छ जहाँ १० जनामा संक्रमण भेटिएको छ।

काठमाडौंको तुलनामा ललितपुरमा रोग कडा रुप फैलिएको छ। सबैभन्दा बढी ललितपुरको सुन्धारामा ३६ जनामा हैजा पुष्टि भइसकेको छ। त्यसपछि भैंसेपाटीमा २६, बालकुमारीमा ११ र गोदाबरीमा सात जनामा हैजा पुष्टि भएको छ। तीबाहेक पाटनढोका, एकान्तकुना, इमाडोल, कुपन्डोल, हरिसिद्धि, लामाटार, धापाखेल, सुनाकोठी, लाँकुरीभञ्ज्याङ, बुङमति र लुभुमा समेत हैजाका प्रमाणित बिरामी भेटिइसकेका छन्।

बिरामीमध्ये सबैभन्दा बढी १५ देखि ३५ वर्षभित्रका छन्। यसले काम गर्ने र बाहिर हिँड्ने उमेर समूहका मानिस बढी संक्रमित भइरहेको देखाएको चिकित्सक बताउँछन्।

‘तुरुन्त उपचार र भेटिएका क्षेत्रमा तुरुन्त रेस्पोन्स पुगेकाले अझै भयावह हुन नसकेको हो,’ शर्माले भने, ‘अन्यथा यो वर्ष फरक ढंगले रोग फैलिएको छ,’।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले आफूले आधा दशकको तथ्यांक हेर्दा यो वर्ष औसतभन्दा दोब्बर बिरामी भेटिएको बताए। ‘यी केस हेर्दा अहिले पनि ठूलो संख्यामा रोग फैलिने सम्भावना नकार्न सकिन्न,’ उनले भने।

विश्व स्वास्थ्य संगठनका अनुसार हैजाका जिवाणु संक्रमण भएका मध्ये २० प्रतिशतमा मात्र लक्षण देखिन्छ र त्यसको पनि २० प्रतिशतमा कडा रुप लिन्छ। यो आधारमा हालसम्म देखिएको संख्या हेर्दा ठूलो संख्यामा लक्षण नदेखिए पनि रोगका जिवाणु  रहेको हुन सक्ने र त्यसले फैलाउने खतरा बढ्ने डा. पुनको भनाइ छ।

उनले बिरामी देखिएका आधारमा थानकोट, मातातीर्थ क्षेत्र र ललितपुरको सुनाकोठी र भैंसेपाटीमा निकै ठूलो प्रकोपको अवस्था आइसकेको बताए।

‘थुपै्र बिरामी एकदमै गम्भीर अवस्थामा आइपुगेका छन्, चार/पाँच दिन सघन उपचारपछि मात्रै ज्यान जोगाउन सकिएको छ,’ डा. पुनले थपे।

डा. शर्माका अनुसार महाशाखाले नयाँ केस देखिएका ठाउँमा २४ घन्टाभित्रै गएर स्रोतको खोजी गरी स्थानीय रुपमा जनचेतना, पानीको स्रोतको शुद्धीकरणका लागि विभिन्न निकायसँग समन्वयका कामसमेत गरिरहेको छ। त्यसबाहेक ती क्षेत्रका सबै जिल्ला जनस्वास्थ्य कार्यालय र नजिकका अस्पताललाई समेत निगरानी र उपचारका लागि तयार रहन निर्देशन गरिसकिएको शर्माले जानकारी दिए।

त्यसका लागि काठमाडौंमा टेकु, कान्ति, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज, वीरेन्द्र आर्मी अस्पताल र केन्द्रीय जेल अस्पतालमा उपचारको प्रबन्ध गरिएको छ। त्यसैगरी, भक्तपुरमा भक्तपुर र सिद्धि मेमोरियल, ललितपुरमा पाटन, किस्ट, बिएन्डबी, स्टार, सुमेरु र अल्का अस्पताल र काभ्रेमा धुलिखेल अस्पतालमा समेत बिरामीको निगरानी बढाइएको छ।

रोग देखिएका क्षेत्रमा जनचेतनाबाहेक तत्काल १६९ पानीका नमुना संकलन गरी परीक्षण गर्दा तीन वटामा हैजा पोजेटिभ भेटिएको थियो। तीमध्ये बंगलामुखीस्थित ढुंगेधारा, सुनाकोठीको घरको धारा र ओकुबहाल पाटनमा ट्यांकरबाट ल्याइएको पानीमा हैजाका जिवाणु भेटिएको थियो।

परीक्षण गरिएका पानीका नमुनामध्ये १२९ वटा अर्थात् ८६ प्रतिशतमा प्रदूषित हानिकारक जिवाणुको समूह कोलिफर्म भेटिएको थियो। त्यसैगरी, १ सय २८ नमुनामा इकोलाई भन्ने झाडापखाला र पिसाबको संक्रमणसमेत गराउने प्रजातिको जिवाणु नै भेटिएको डा. शर्माले जानकारी दिए।

डा. पुनले पछिल्लो समय देखिएको रोगको अवस्था हेर्दा अब हैजाबाट बच्न हात धोएर, पानी उमालेर मात्रै खाऊँ भनेर नपुग्ने अवस्था आएको बताए। ‘मानिसहरु जार र ट्यांकरको पानी सुरक्षित ठानेर खाइरहेका छन्,’ उनले भने, ‘अब जारको पानी पनि उमालेरै खानुपर्ने अवस्था छ।’

डा. पुनले सरकारले अहिले रोग देखिएका ठाउँमा पानीको नमुना हेरेर स्रोतको पहिचान गरेर नियन्त्रणको तरिका अपनाइरहे पनि लक्षण बोकेर हिँडेका मानिस धेरै भएकाले सावधानीका उपाय बढाउनुपर्ने समेत बताए। ‘कुनै चलेको रेस्टुरेन्टको कामदार लक्षण बोकेर हिँडेको मान्छे रहेछ भने त भयावह रुपमा फैलिन सक्छ,’ उनले भने। चिकित्सकका अनुसार राम्रोसँग उमालेको पानी मात्र प्रयोग गर्ने, जथाभाबी खानेकुरा नखाने, कम्तीमा ओभानो र सफा भाँडामा खाने र बाहिरको खानेकुरा नखाने गर्नेले संक्रमणबाट बच्न सकिन्। आजको नागरिक दैनिक बाट

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL