– गर्मी मा छाला को यसरी ख्याल गर्नुस् –
---टिप्स हरु ---
– गर्मी मौसममा अनुहारको छालामा पानीको मात्रा कम हुन्छ । यसले गर्दा छालाका कोशिका ड्यामेज नहुन र अनुहारको कान्ति नहराओस् भन्नका लागि सातामा एक अथवा दुईपटक फेस प्याक लगाउनुपर्छ ।
– घरबाट हिँड्नुअघि एकपटक मात्रै सन्सक्रिम लगाएर पुग्दैन । दिनमा तीनपटक सन्सक्रिम लगाउने बानी बसाल्नुपर्छ । यसले छालालाई जल्न दिँदैन ।
– फलफूल र सलाद प्रशस्तै खानुपर्छ । यसो गर्दा छालामा पानीको अभाव हुन पाउँदैन । साथै यसमा पाइने भिटामिन–सी, भिटामिन–एजस्ता तत्वले छालालाई सुन्दर र चम्किलो राख्छ ।
– शरीर र छालामा पानीको मात्रा कम नहोस् भन्नका लागि प्रशस्तै पानी खानुपर्छ ।
– गर्मीमा मेकअप सकेसम्म कम गर्नुपर्छ । किनकि, चर्को घाममा सन्सक्रिम मात्र लगाएको अनुहार राम्रो देखिन्छ । गर्मीमा हेभी मेकअप गर्दा पसिनाले मेकअप बिगार्ने र यसले अनुहारलाई उल्टो नराम्रो देखाउन सक्छ । स्वास्थ्य खबरपत्रिकाबाट







