गाजाको अल–अमल अस्पताल सेवाविहीन : डब्ल्यूएचओ
गाजा, जेठ २८ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस अधानोम घेब्रेयससले दक्षिणी गाजाको खान युनिसस्थित अल–अमल अस्पताल क्षेत्र वरपर बढ्दो इजरायली आक्रामकका कारण सेवा विहिन भएको चेतावनी दिनु भएको छ ।

सामाजिक सञ्जाल एक्समा डाक्टर घेब्रेयससले अस्पताल विरामीको पहुँच विहिन र नयाँ बिरामी लिन रोक लगाएकाले विरामाीहरुले ज्यान गुमाउनु पर्ने जोखिम बढेको बताउनु भएको छ । केहि राष्ट्रिय र अन्तर्राष्ट्रिय चिकित्सा टोलीहरू अझै पनि अस्पताल परिसरमा सीमित चिकित्सा आपूर्तिका साथ बाँकी बिरामीहरूको सेवा गर्न सक्दो प्रयास गरिरहेको उहाँले प्रष्ट पार्नु भएको छ ।
अल–अमल अस्पतालमा नयाँ विरामीहरुका लागि बन्द भएपछि नासिर मेडिकल कम्प्लेक्स घाइते तथा विरामीहरुको उपचारका लागि एक मात्र अस्पताल भएको उहाँले उल्लेख गर्नु भएको छ ।
अल–अमल र नासेर कम्प्लेक्स दुवैले इजरायली आक्रमण र नाका बन्दीको कारण क्षमता भन्दा बढी घाइते तथा विरामीहरुको उपचार गरिरहेको जनाइएको छ ।







