प्रमुख समाचार Tuesday, 27 Feb, 2024
Prestige Media

कालजयी गायक तथा संगीतकार आचार्यको निधन, प्रतिष्ठान परिसरमा श्रद्धाञ्जली अर्पण

काठमाडौं–वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। भजन शिरोमणि उपाधिसमेत पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको हो।
उनलाई हिजो अपराह्न ४ बजेतिर अक्सिजन तह कम भएपछि अस्पताल लगिएको थियो। त्यसलगत्तै उनको निधन भएको अस्पतालले जनाएको छ।
स्व. गायकप्रति श्रद्धाञ्जलीका लागि पार्थिव शरीर नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ।
प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी सुरु भएको श्रद्धाञ्जली अर्पण अहिले पनि जारी छ। प्रतिष्ठानमा उनलाई श्रद्धाञ्जली दिन शुभेच्छुक तथा गीत–संगीत क्षेत्रका व्यक्तिको उपस्थिति छ।
प्रतिष्ठानकी सदस्यसचिव कुस्मा महराले बिहान ११ बजेदेखि शुभचिन्तक, गीत–संगीत क्षेत्रका व्यक्तित्व तथा कलाकारबाट श्रद्धाञ्जली अर्पण चलिरहेको बताइन्। स्व. आचार्यलाई संस्कृतिमन्त्री सुदन किरातीलगायत सरकारका उच्च अधिकारीले पनि श्रद्धाञ्जली अर्पण गर्दै छन्।
प्रतिष्ठानकी कुलपति निशा शर्माले गीत–संगीत क्षेत्रको एउटा धरोहर ढलेको र उनको अभाव सधैं खड्किरहने बताइन्।
आचार्यले ‘मुटु जलिरहेछ…’, ‘जति चोट दिन्छौं…’, ‘जहाँ छन् बुद्धका आँखा…’, ‘हजार सपनाहरूको…’, ‘माया मेरी साँझ बिहान…’, ‘हजार आँखा हेर्ने…’लगायत करिब चार सय गीतमा आवाज तथा संगीत दिएका छन्। गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–संगीत क्षेत्रमै सक्रिय छन्।
उनको राष्ट्रिय सम्मानका साथ बिदाइको तयारी गरिएको छ। विसं १९९९ मा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा महत्त्वपूर्ण योगदान छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL