प्रमुख समाचार
Wednesday, 21 Feb, 2024
७ दिनभित्र ललिता निवास खाली गर्न काठमाडौं महानगरको निर्देशन
काठमाडौं–काठमाडौं महानगरले बालुवाटारस्थित ललिता निवास क्षेत्र ओगटेर बसेका व्यक्ति, कम्पनी तथा संघसंस्थालाई सात दिनभित्र हट्न चेतावनी दिएको छ।
महानगरले सूचना प्रकाशित गर्दै ७ दिनभित्र ललिता निवास खाली गर्न उर्दी जारी गरेको हो।
तोकिएको समयभित्र ललिता निवासबाट नहटे प्रचलित कानुनबमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने महानगरले जनाएको छ।
फागुन ३ मा मात्रै बालुवाटारस्थित ललित निवासको सरकारी जग्गा व्यक्तिको नाममा किनबेच तथा नामसारी भएको मुद्दामा विशेष अदालतले उक्त जग्गा सरकारको हुने फैसला गरेको थियो।







