प्रमुख समाचार
Sunday, 18 Feb, 2024
कक्षा १२ को परीक्षा–तालिका सार्वजनिक, वैशाख १४ देखि २६ सम्म
काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले वैशाख १४ देखि २६ सम्म कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुने सूचना सार्वजनिक गरेको छ।
विभिन्न विषयका गरी परीक्षा वैशाख २६ सम्म सञ्चालन हुनेछ। कार्यालयले परीषा–तालिका पनि सार्वजनिक गरेको छ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ।
परीक्षाका दिन आकस्मिक बिदा पर्न गएसमेत परीक्षा नियन्त्रण कार्यालयको पूर्वसूचनाबिना परीक्षा स्थगित नहुने कार्यालयले जनाएको छ।







