प्रमुख समाचार Tuesday, 2 Jan, 2024
Prestige Media

पोल्ट्री दिवसमा ‘चिकेन एन्ड एग फेस्टिबल’

काठमाडौं– एघारौं राष्ट्रिय पोल्ट्री दिवस अवसरमा चितवनमा अन्डा र कुखुराको मासुको महत्त्व बुझाउन ‘चिकेन एन्ड एग फेस्टिबल’ आयोजना गरिएको छ।
नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरको नमस्ते चोकमा महोत्सव गरिएको हो।
यस वर्ष ‘कुखुराको अन्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ मूल नारासहित पोल्ट्री दिवस मनाइएको हो। महोत्सव अवसरमा कुखुराको मासु र अन्डा निःशुल्क वितरण गरिएको थियो।
नेपाल पोल्ट्री महासंघ उपाध्यक्ष टीकाराम पोख्रेलले कुखुराको मासु र अन्डाको महत्त्व बुझाउन नसक्दा खपत बढाउन नसकिएको बताए। कुखुराको मासु र अण्डाको महत्त्व विद्यालय स्तरबाट बुझाउन सके फलदायी हुने उनको भनाइ थियो।
मञ्चका अध्यक्ष रघुनाथ भट्टले पछिल्लो समय देखिएको आर्थिक मन्दीले कुखुरा व्यवसायीमा असर पारेको जनाए। यो समय कुखुराको मासु र अन्डाको प्रयोग बढाउन सके केही हदसम्म राहत पुग्ने उनको भनाइ थियो।
स्वास्थ्यका लागि सेतो मासु फलदायी हुने जनाउँदै उनले सबै खाले रोगीका लागि उपयुक्त हुने अन्डाको महत्त्व बुझाउन जरुरी रहेको बताए।
दिवस अवसरमा सप्ताहव्यापी कार्यक्रमसमेत समापन गरिएको छ। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अन्डा र कुखुराको मासुको महत्त्वबारे जानकारी गराइएको थियो।
यस क्रममा २६ सरकारी विद्यालयका एक हजार ९ सय ४७ जना विद्यार्थीलाई अन्डा र मासुको महत्त्वबारे जानकारी गराइएको छ। २०१७ पुस १७ मा बाराको परवानीपुर सेन्ट्रल ह्याचरी खोलिएपछि नेपालमा आधुनिक पोल्ट्रीको सुरुआत मानिँदै आएको छ। यही मितिलाई पोल्ट्री दिवसका रुपमा मनाउँदै आइएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL