प्रमुख समाचार Sunday, 24 Dec, 2023
Prestige Media

मेलम्ची सुरुङबाट काठमाडौंमा प्रतिदिन एक लाख लिटर पानी पठाइँदै

काठमाडौं– खानेपानी मन्त्रालयका सचिव एवं मेलम्ची खानेपानी विकास समिति अध्यक्ष सुरेश आचार्य नेतृत्वको टोलीले
सुन्दरीजलस्थित पानी प्रशोधनशालाको निरीक्षण अनुगमन भ्रमण गरेको छ।
भ्रमणका क्रममा मेलम्ची नदीको पानी पथान्तरणका लागि अम्बाथान हेडवक्र्समा हुँदै गरेको मर्मतसम्भार अवधिमा मेलम्चीको सुरुङबाट काठमाडौं उपत्यकाबासीलाई तत्कालै केही मात्रामा खानेपानी उपलब्ध गराउने सकिने÷नसकिनेबारे लेखाजोखा गरेको छ।
टोलीले विस्तृत प्राविधिक विश्लेषणपछि आजै करिब एक लाख लिटर प्रतिदिनका दरले सुरुङबाट काठमाडौं का लागि केही दिनसम्म खानेपानी उपलब्ध गराउन सकिने निष्कर्ष निकालेको छ। सोहीअनुसार सुरुङबाट पानी खोलिएको छ।
यो सुरुङभित्रैको चुहावटबाट जम्मा भएको पानी रहेको मेलम्ची आयोजनाले जनाएको छ!
सुरुङभित्र चाहिने अत्यावश्यक प्रेसर खस्किन नदिई पानी निकालिएको हो।
तत्काल सुरुङबाट दिन सकिने यो पानीको मात्रा लामो अवधिसम्म दिन सकिने वा नसकिने भन्ने बुभ्mन दुई–तीन दिन पानी सञ्चालन गर्दा सुरुङभित्रको प्रेशर चाहिनेभन्दा तल नखस्केर स्थिर रहने वा नरहने कुरामा भर पर्ने बताइएको छ!
सुरुङको अम्बाथान पोर्टलभित्र, ग्याल्थुम अडिट, सिन्धु अडिट र सुन्दरीजल गेट अवस्थित चार स्थानमा जडित पानीको चाप मापक यन्त्रमा नियमित चापको निगरानी गर्दा न्यूनतम रुपमा आवश्यक प्रेसरभन्दा तल खस्किने अवस्थामा सुरुङबाट पानी दिन नसकिने आयोजनाको भनाइ छ।
सुरुङमा क्षति हुनबाट जोगाउन पानी दिन बन्द गरिने र त्यस्तो अवस्था नआउन्जेल दैनिक पानी काठमाडौं पठाइने आयोजनाले बताएको छ।
धाप बाँधबाट प्रतिदिन २ करोड लिटरका दरले आजसम्म ३० करोड लिटर पानी सापटी लिई काठमाडौंमा बितरण गरिसकिएको र थप ३० करोड लिटर पानी सापटी लिन मन्त्रालय र आयोजनाको टिम प्रयासरत रहेको आयोजनाले प्रस्ट पारेको छ।
आजदेखि मेलम्ची आयोजनाको सुरुङबाट दैनिक एक करोड लिटर पानी थप गर्दा दैनिक ३ करोड लिटर राजधानीमा वितरण गर्न सकिनेछ।
अनुगमन टोलीमा सहसचिव तिरेशप्रसाद खत्री, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी, आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटालगायत सहभागी थिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL