Breaking News Tuesday, 26 Sep, 2023
Prestige Media

माइतीघर मण्डलामा डाक्टरहरुको विरोध प्रदर्शन

काठमाडौं– मुलुकका विभिन्न स्थानमा चिकित्समाथि भइरहेको कुटपिटको विरोध गर्दै डाक्टरहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
आज माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल मेडिकल कलेजलगायत काठमाडौं उपत्यकाका डाक्टर सहभागी छन्।

सोमबार पोखराको मणिपाल अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि कुटपिट गरेका थिए। आइतबार राती पनि लमजुङ जिल्ला अस्पतालमा बेंसीसहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेतले डाक्टर कुटेका थिए।
यसअघि गत २७ भदौमा हेटौंडाको सञ्चो अस्पतालमा बिरामीका आफन्तले दुई जना डाक्टरमाथि कुटपिट गरेका थिए।

कुटपिटको विरोधमा अत्यावश्यकबाहेकका सेवा बन्द गरेका चिकित्सकसँग सरकारले ६ बुँदे सम्झौता गरेपछि काममा फर्किएका थिए।
कुटपिटको विरोधमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकले आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरेका छन्।
शृंखलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणविरुद्धमा आवासीय डाक्टर आन्दोलित भएको अस्पतालका उप–निर्देशक तथा छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले बताए।

दिनहुँजसो स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि हातपात भइरहेकाले काम गर्ने वातावरण नभएको भन्दै ५ सय आवासीय चिकित्सकले आकस्मिकबाहेक अन्य सेवा ठप्प पारी आन्दोलित भएको उनको भनाइ छ।‘पोखरा लमजुङ, चितवन, हेटौंडालगाएका ठाउँमा लगातार चिकित्सकमाथि हातपात भइरहेको अवस्थामा सुरक्षा नहुँदा असुरक्षित हुने अवस्था छ। यस्तो बेला कसरी काम गर्न सकिन्छ? सुरक्षा ग्यारेन्टी नहुन्जेल आन्दोलन जारी राख्छौं’, उनले भने।

पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालका चिकित्सकलाई कुटपिट भएको विरोधमा काठमाडौंस्थित नेपाल मेडिकल कलेजका डाक्टरले ओपीडी सेवा बन्द गरी विरोध प्रदर्शन गरेका छन्।

बिरामीको सेवा गर्ने डाक्टरमाथि नै आक्रमण हुन थालेपछि जिउज्यानको सुरक्षा माग्दै सडकमा जानुपरेको चिकित्सक बताउँछन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

गरिमाका बुबा-आमासँग सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक

शंखमुलको होस्टलमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या

जेलबाट अस्पताल सारियो पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस सांसदले सभामुख भण्डारीलाई ‘सांसद पदका यमराज’ भनेपछि

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL