प्रमुख समाचार
Tuesday, 11 Apr, 2023
योग्यताक्रम विपरित भर्ना प्रक्रिया अघि बढाएकोविरूद्ध प्रदर्शन
चिकित्सा शिक्षा आयोगले योग्यताक्रम विपरित भर्ना प्रक्रिया अघि बढाएको भन्दै प्रदर्शन भएको छ। मंगलबार दिउँसो माइतीघर मण्डलामा चिकित्सा शिक्षाका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्।
विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगको यो कदम सर्वोच्च अदालतको आदेश विपरीत हुने पनि दाबी गरेका छन् । उनीहरुले मिहिनेत र मेरिटको सम्मान गर्नुपर्ने, सर्वोच्च अदालतको फैसला मान्नुपर्ने लगायतका नारा लेखेको प्लेकार्ड बोकेका छन् ।
आयोगले गत पुष २ गतेदेखि ४ गतेसम्म सञ्चालन गरेको विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको पुस ४ गते र ६ गते नतिजा सार्वजनिक गरेको थियो ।








