कला / साहित्य Thursday, 29 Sep, 2022
Prestige Media

सञ्चार माध्यमका दुःख : दर्शक, स्रोता र पाठक ह्वात्तै घटे

ञ्चार विज्ञसहितको टोलीले गरेको एक अध्ययनले टेलिभिजनका दर्शकमा १२.२, रेडियोका स्रोता १४ र पत्रपत्रिकाका पाठक १७ प्रतिशतले घटेको देखाएको हो

काठमाडौं– कोभिडपछिको असर र वैकल्पिक मिडियाको बढ्दो प्रयोगसँगै रेडियो, टेलिभिजन र पत्रपत्रिकाजस्ता परम्परागत सञ्चार माध्यमका दर्शक, स्रोता र पाठक घट्न थालेका छन् । सञ्चार विज्ञसहितको टोलीले गरेको एक अध्ययनले टेलिभिजनका दर्शकमा १२ दशमलव २, रेडियोका स्रोता १४ र पत्रपत्रिकाका पाठक १७ प्रतिशतले घटेको देखाएको हो ।

यद्यपि समसामयिक सूचना र आएका सूचनाको विश्वसनीयताका दृष्टिले यी माध्यमको औचित्य कायमै रहेको देखिएको छ। सामाजिक सञ्जाल प्रयोग बढे पनि मानिस त्यहाँ आउने सूचनालाई भरसक विश्वास गरिहाल्दैनन् ।

मलुकभरका १८ वर्ष उमेरमाथिका ५ हजार ५८२ जनाबीच स्थलगत अध्ययनका आधारमा ‘शेयरकास्ट इनिसिएटिभ नेपाल’ले प्रकाशन गरेको ‘नेपाल मिडिया सर्भे, २०२२’ ले केही त्यस्ता रोचक तथ्य उजागर गरेको छ, जसले सञ्चार माध्यम र सामाजिक सञ्जालको प्रयोग, विश्वसनीयता र सञ्चार उद्यमी तथा सञ्चारकर्मीका लागि भावी लक्ष्य कोर्न बाटो देखाइदिएको छ ।

अध्ययन प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागीमध्ये रेडियो प्रयोग संख्या ४५.२ प्रतिशत, टेलिभिजनको प्रयोग ४८.५ प्रतिशत, मोबाइल र इन्टरनेटको प्रयोगको संख्या ६३ प्रतिशत, अनलाइन न्यूज पोर्टल प्रयोगको ३० प्रतिशत र पत्रपत्रिका प्रयोग १५ प्रतिशतले गर्ने गरेका छन् ।
सोही संस्थाले सन् २०२० मा गरेको यस्तै प्रकारको अध्ययनको तुलनामा रेडियो, टेलिभिजन र पत्रपत्रिकाका प्रयोगकर्ता घटेका छन् भने मोबाइल र सामाजिक सञ्जालका प्रयोगकर्ता बढेका छन् । अध्ययनले रेडियो र टेलिभिजन सेटबाट नभई इन्टरनेटको प्रयोगबाट मोबाइलबाटै रेडियो सुन्ने र टेलिभिजन हेर्नेहरू पनि बढिरहेका छन् ।

सूचना तथा प्रसारण विभागको अभिलेखअनुसार देशभरबाट आव २०७७÷७८ सम्म दर्ता भएका पत्रपत्रिकाको कुल संख्या ७ हजार ८७४ रहेको छ। यीमध्ये काउन्सिलको वर्गीकरणमा करिब १ हजार पर्ने गरेका छन्। पछिल्लो समयमा पत्रपत्रिकाको उत्पादन संख्या घट्न थालेका छन् । पत्रपत्रिकाले अनलाइन संस्करणबाट आफ्ना पाठकलाई जोड्न थालेका छन् ।

दूरदराजमा पत्रपत्रिकाको उपलब्धता नहुने भएकाले तथा आफ्नो पेसा व्यवसायका कारण समय दिन नसकिने हुँदा पत्रपत्रिका पढ्ने प्रवृत्ति घटेको देखिएको छ ।

कान्तिपुर दैनिकका सम्पादक उमेश चौहानको विचारमा उक्त अध्ययनको विश्लेषण उत्साहजनक नभए पनि विश्वसनीयताका दृष्टिमा पत्रपत्रिका, रेडियो र टेलिभिजनलाई कायमै राखिएकाले निराशाजनक छैन भन्छन् । उनले अहिले नयाँ पुस्ता कस्ता सामग्री चाहन्छन् र उनीहरूको रुचि के छ भन्नेबारेमा सामग्री उत्पादन गर्न सक्ने हो भने परम्परागत सञ्चार माध्यमको अझै औचित्य रहने दाबी गरे ।

प्रेस काउन्सिल नेपालमा दर्ता भएका अनलाइन सञ्चार माध्यमको पछिल्लो आँकडा ३ हजार ६ २४ पुगेको छ । काउन्सिलको ४८औं वार्षिक प्रतिवेदनले पनि सञ्चार माध्यमलाई सामाजिक सञ्जालका कारण चुनौती थपिएको स्पष्ट उल्लेख गरेको छ ।

‘आमसर्वसाधारण नागरिक कुन मिडिया हो, कुन सामाजिक सञ्जाल हो, को पत्रकार हो र को होइन भनेर छुट्याउन सक्ने अवस्थामा छैनन् । आमसञ्चारका सबै क्षेत्रलाई समेट्नु र नागरिकको विश्वास बढाउनु आजको आवश्यकता हो । एउटै सञ्चार माध्यमको समाचार पढेर, सुनेर, हेरेर नागरिकले धारणा बनाउन सकिरहेका छैनन्। किनभने, तथ्यमै फरक पारिएको हुन्छ’, प्रतिवेदनमा भनिएको छ ।

अध्ययन र विश्लेषणमा मधु आचार्यको नेतृत्वमा डा.भूमिराज चापागाईं, डा सुधांशु दाहाल, कुन्द दीक्षित र रमेशप्रसाद अधिकारी संलग्न थिए ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL