कला / साहित्य Thursday, 18 Aug, 2022
Prestige Media

पाटनमा श्रीकृष्णाष्टमी पर्वको रौनक

काठमाडौं– श्रीकृष्णाष्टमी अवसरमा ललितपुरको ऐतिहासिक पाटन दरबारस्थित कृष्ण मन्दिर परिसरमा भव्य तयारी गरिएको छ । भाद्र कृष्णाष्टमीका दिन सो मन्दिरमा दर्शनार्थी भक्तजनको घुइँचो लाग्ने गर्छ ।

मंगल टोल सुधार संघका अध्यक्ष किरणमान प्रधानले दर्शनार्थी भक्तजनको सुविधाका लागि तयारी भइरहेको बताए । उनले भने, ‘बिहीबार मध्यरातदेखि नै मेला भर्न भक्तजन कृष्ण मन्दिर आउने भएकाले आवश्यक तयारीमा जुटेका हौं।’ दर्शनार्थीलाई व्यवस्थित रूपमा मन्दिर दर्शन गराइने उनले बताए ।

महिला तथा पुरुष भक्तजनलाई छुट्टाछुट्टै लाइनमा राखिने कृष्ण मन्दिरका मूल पुजारी रुपन शर्मा राजोपाध्यायले जानकारी दिए ।ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले मन्दिर परिसर क्षेत्रमा आवश्यक शान्ति–सुरक्षाको व्यवस्था मिलाइएको बताए । गत वर्ष कोभिड महामारीका कारण सो मन्दिरमा मेला भर्न बन्द गरिएको थियो ।

पाटनमा उक्त मेलासँगै भीमसेन खटजात्रा, मच्छिन्द्रनाथ जात्रा एवं कार्तिक नाचसमेत मञ्चन गर्ने गरिन्छ । सो कृष्णमन्दिर मुलुकमा शिखर शैलीमा ढुंगैढुंगाबाट निर्मित २१ गजुर भएको एक मात्रै धार्मिक तीर्थस्थल हो ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL