कला / साहित्य Wednesday, 17 Aug, 2022
Prestige Media

काठमाडौं महानगरसँग भगिनी साइनो गाँसेका २५ नगरलाई इन्द्रजात्रा अवलोकनको निम्तो

काठमाडौं– काठमाडौं महानगरले इन्द्रजात्रा अवलोकनका लागि विश्वका २५ नगरलाई निमन्त्रणा पठाएको छ । ८ साउनमा बसेको छैटौं कार्यपालिका बैठकको निर्णयअनुसार जात्रा हेर्न भगिनी सम्बन्ध भएका १८ वटा नगर र दक्षिण एसियाली मुलुकबाट ७ वटा राजधानी सहरका प्रमुख गरी २५ नगरबाट प्रमुखलाई निमन्त्रणा गरिएको महानगरका सहायक प्रवक्ता महेश काफ्लेले बताए ।

यस वर्षको इन्द्रजात्रा २४ भदौमा परेको छ । काफ्लेका अनुसार जात्रामा प्रमुखका साथमा चार अधिकारीसमेत निम्तो दिइएको छ। २५ नगरबाट चार जना सहभागी आउँदा १०० पाहुना आउनेछन् । तर निम्तो पठाइएका प्रतिनिधि आउने÷नआउने अहिलेसम्म टुंगो लागेको छैन ।
‘कोभिड महामारी अझै सकिएको छैन । कुन–कुन पाहुना आउने÷नआउने टुंगो छैन । निम्तो गरेका छौं । पाहुनालाई खाने, बस्ने र घुमाउने व्यवस्था महानगरले गर्नेछ,’ प्रवक्ता काफ्लेले भने।

२०७६ को इन्द्रजात्रामा ६ देशका १३ वटा नगरलाई निम्तो गरिएको थियो । तीमध्ये ५ देशका ११ नगरबाट चार जना मेयर, उपमेयर÷उपाध्यक्षसहित ४१ पाहुनाले इन्द्रजात्रामा सहभागिता जनाएका थिए । हाल देशभित्रका पाँच र अन्तर्राष्ट्रिय स्तरका १८ नगरसँग महानगरको भगिनी सम्बन्ध छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL