कला / साहित्य
Wednesday, 18 May, 2022
‘कबड्डी ४’को देश दौडाहामा निस्किए दयाहाङ र मिरुना
काठमाडौं । स्थानीय चुनावको सरगर्मीबीच रिलिज तयारीमा रहेको फिल्म ‘कबड्डी ४’ले देश दौडाहा थालेको छ ।
सोमबार पूर्वी नेपालको दमकदेखि सुरु भएको प्रचार यात्रा इटहरी, चितवन, बुटवल, पोखरा हुँदै काठमाडौंसम्म आइपुग्ने भएको छ ।फिल्म जेठ १३ गते प्रदर्शन तयारीमा छ । रिलिज लगत्तै नेपालगञ्ज लगायतको पश्चिम नेपाल यात्रा सुरु हुनेछ।
कबड्डीको यो दौडाहामा कलाकारहरु दयाहाङ राई, विजय बराल, मिरुना मगर, बुद्धि तामाङ, लेखक उपेन्द्र सुब्बा र निर्माता पोखरेल सहभागि छन् । छायांकन भैरहेको फिल्म ‘के घर के डेरा’बाट समय मिलाएर दयाहाङ कबड्डी प्रचारमा निस्किएका हुन् ।







