Breaking News Thursday, 5 Nov, 2020
Prestige Media

कोरोना परीक्षण शुल्क उठाउने सरकारको माग सर्वोच्चद्वारा अस्वीकार

गोकुल अर्याल

सर्वोच्च अदालतले कोरोना परीक्षण निःशूल्क गर्नु भन्ने परमादेश पुनरावलोकन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पुनरावलोकनको निवेदन खारेज गरिदिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशत्रय हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले गत १५ असोजमा जारी भएको परामदेश नै अन्तिम हुने फैसला सुनाउँदै सरकारी निवेदन खारेज गरेको हो ।
फैसलासँगै कोरोना परीक्षणबापत शूल्क लिने काम अवैध भएको छ । अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले कोरोना संक्रमण परीक्षणको शूल्क लिनु गैरकानुनी भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । गत १५ असोजमा सर्वोच्चले निजी तथा सरकारी स्वास्थ्य संस्थाबाट शुल्क लिएर कोरोना परीक्षण गर्नु कानुनविपरीत रहेको भन्दै निःशुल्क गर्न सरकारको नाममा परमादेश जारी गरेको थियो ।
सो फैसलाविरुद्ध गत १७ कात्तिकमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चको परमादेश पुनरावलोकनको मागसहित निवेदन दर्ता गराएका थिए ।
सर्वोच्चको बिहीबारको आदेशसँगै सरकारका लागि सबै कानुनी ढोका बन्द भएको छ भने अब कोरोना परीक्षण निःशुल्क गर्नुपर्नेछ ।
कोरोना संक्रमण परीक्षणका लागि सरकारी प्रयोगशालाहरूले अधिकतम २ हजार र निजी प्रयोगशालाले ४ हजार रुपैयाँसम्म लिँदै आएका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

गरिमाका बुबा-आमासँग सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक

शंखमुलको होस्टलमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या

जेलबाट अस्पताल सारियो पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस सांसदले सभामुख भण्डारीलाई ‘सांसद पदका यमराज’ भनेपछि

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL