Exclusive News Saturday, 10 Oct, 2020
Prestige Media

आकस्मिक र कोरोनाबाहेकका सेवा वहिष्कार गर्ने चिकित्सक संघको निर्णय

नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोरोनाबाहेकका सबै सेवा वहिष्कार गर्ने घोषणा गरेको छ ।
२७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका निम्ति सरकार गम्भीर नभएको र वार्तालाई सीमित गराएको भन्दै संघले आइतबार आकस्मिक र कोभिड–१९ बाहेकका सम्पूर्ण सेवा वहिष्कार गर्ने निर्णय गरेको हो ।
२५ असोजसम्म सत्याग्रह अन्त्य नभए कडा आन्दोलनका कार्यक्रम गर्ने चिकित्सक संघको चेतावनी छ ।
डा. केसीले ६ बुँदे माग राखेर २९ भदौमा अनशन थालेका थिए । अनशनको २४औं दिन सरकारले वार्ता टोली बनाएपछि बिहीबार र शुक्रबार वार्ता पनि भएको थियो ।
डा. केसीको तर्फबाट बनेको वार्ता टोलीमा चिकित्सक संघका अध्यक्षसमेत सदस्य छन् । तर, सहमति जुट्न सकेको छैन ।
शनिबार मात्र सरकारी वार्ता टोलीले कोभिड–१९ महामारीले मुलुक आक्रान्त बनेको विषम परिस्थितिमा अनशन अन्त्य गर्न डा. केसीलाई आग्रह गरेको छ ।

शिक्षामन्त्रीकै कारण वार्तामा अवरोध
डा. केसी र सरकारी वार्ता टोलीबीचको सहमतिलाई शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अस्वीकार गरेपछि सरकार र डा. गोविन्द केसीबीच हुनै लागेको सहमति भाँडिएको छ ।
६ बुँदे माग राखेर २६ दिनदेखि अनशनरत डा. केसी पक्ष र सरकारी टोली लगभग सहमतिमा पुगेको थियो । सहमतिको मस्यौदा सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा सचिव गोपी मैनालीले प्रधानमन्त्री केपी ओलीसम्म पु¥याएका थिए ।
स्रोतका अनुसार सरकारी पक्षबाट त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) पदाधिकारीलगायतको नियुक्तिको मापदण्ड ऐनमा समावेश नहुँदासम्म हुने नियुक्तिबारे सहमतिको मस्यौदाको भाषामा थोरै हेरफेर गरेको थियो । अरु सबै विषयमा वार्ता टोलीबीच भएको सहमति नै सदर भएको थियो ।
त्यही परिमार्जित विषयमा दुई वार्ता टोली बसेर टुंगो लगाउने र डा. केसीको अनसन शुक्रबार नै तोडाउने तयारी थियो । त्यही सन्देश पाएको डा. केसीको वार्ता टोली दिनभर तयारी अवस्थामा थियो ।
सरकारी टोली वार्तामा आएन । स्रोतका अनुसार सरकारी वार्ता टोलीका संयोजक मैनालीले लाइन मिनिस्टरलाई देखाएर मात्र सहमतिलाई आौपचारिकता दिन चाहे । तर, मन्त्रीले साँझ ७ बजे मात्र समय दिए । त्यसपछि पनि मन्त्री पोखरेलले दुई वार्ता टोलीले बनाएको मस्यौदामा थप संशोधन गरे ।
उनले चिकित्सा शिक्षा ऐन संशोधनसम्बन्धी सहमतिमा डा. केसीसँग सहमति भएको मिति हटाइदिए । साथै, अहिले गर्न लागिएको सहमतिलाई मन्त्रिपरिषद् बैठकमा लैजाने भन्ने बुँदा पनि हटाउन लगाए । त्यही कारण हुनै लागेको सहमति भाँडिएको हो ।
डा. केसीको तर्फबाट बनेको वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीले पनि वार्ता टोली स्तरमा भएको सहमतिबाट सरकार पछि हटेको बताए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

गरिमाका बुबा-आमासँग सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक

म त चिटिक्कै परेर बोलको मौलिक तिज गीत सार्वजनिक

जेलबाट अस्पताल सारियो पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस सांसदले सभामुख भण्डारीलाई ‘सांसद पदका यमराज’ भनेपछि

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL