Breaking News Saturday, 3 Oct, 2020
Prestige Media

बालुवाटार पस्यो कोरोना

प्रधानमन्त्री केपी ओली सचिवालयका चार सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ ।
उनीहरूको शुक्रबार स्वाब गरिएको थियो । ‘चालकदेखि सबैको स्वाब संकलन गरिएको थियो । सचिवालयका हामी चार जनाको पोजेटिभ आएको छ,’ थापाले भने, ‘केही चालकमा पनि संक्रमण देखिएको छ ।’
बालुवाटारमै कोरोना पसेपछि प्रधानमन्त्री ओलीको स्वाब परीक्षण गरिएकामा उनको नेगेटिभ रिपोर्ट आएको छ ।
६७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण
प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली सेनाका २८, नेपाल प्रहरीका १९, सशस्त्र प्रहरीका १८ जना र राष्ट्रिय अनुसन्धान विभागका २ जनालाई कोरोना संक्रमण देखिएको छ ।
अहिलेसम्म प्रधानमन्त्रीको सुरक्षाका लागि पहिलो घेरामा खटिने सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छैन ।

उपत्यका कोरोना हटस्पट
नेपालमा पछिल्लो २४ घन्टामा २ हजार १ सय २० थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १२ हजार ९ सय ७८ नमुना परीक्षण गर्दा ७ सय ६६ महिला र १ हजार ३ सय ५४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
योसँगै कुल संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । उनीहरूमध्ये ५ सय २८ जनाको मृत्यु भएको छ भने ६२ हजार ७ सय ४० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ ।
२ हजार ४४ जना पछिल्लो २४ घन्टामा मात्र कोरोना संक्रमणमुक्त भएका छन् । देशभर २१ हजार ३०२ संक्रिय संक्रमित छन् । ११ हजार ५२९ जना होम र ९ हजार ७ सय ७३ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरूमध्ये २ सय १७ जनाको आईसीयू र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार शनिबार थपिएका संक्रमितमध्ये १ हजार १ सय ७७ जना उपत्यकाका छन् । काठमाडौंका १ हजार १, भक्तपुरका ६७ र ललितपुरका १ सय ९ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सुनसरीका १ सय २२ जना, मोरङका १ सय ११, रुपन्देहीका ९८, कैलालीका ९३, रौतहटका ८२, चितवनका ७५, सुर्खेतका ४३, बाराका २५, कास्कीका २२, सप्तरी र बाँकेका १९–१९ जना, पर्साका १८, काभ्रेका १४, धनुषाका १३, मकवानपुरका १२ तथा तनहुँ र बर्दियाका १०–१० जनामा संक्रमण पुष्टि भएको छ ।
झापा र दैलेखका ९–९ जना, सिराहा, धादिङ, नुवाकोट र नवलपुरका ८–८ जना, उदयपुर र पाल्पाका ७–७, रामेछाप, गोरखा, कपिलवस्तु, नवलपरासी र प्युठानका ६–६ जना, खोटाङ, महोत्तरी, सर्लाही र कञ्चनपुरका ५–५ जना, ओखलढुंगा र दोलखाका ४–४ जना, संखुवासभा र लमजुङका ३–३ जना, स्याङ्जा, अर्घाखाँची, गुल्मी र डडेलधुराका २–२ जना तथा पर्वत, म्याग्दी, बाग्लुङ, रोल्पा, कालीकोट, दार्चुला, बझाङ र बाजुराका १–१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

गरिमाका बुबा-आमासँग सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक

शंखमुलको होस्टलमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या

जेलबाट अस्पताल सारियो पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस सांसदले सभामुख भण्डारीलाई ‘सांसद पदका यमराज’ भनेपछि

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL