अचम्म संसार Thursday, 26 Sep, 2019
Prestige Media

७३ वर्षमा जुम्ल्याहा सन्तानलाई जन्म ।।

भारतको आन्ध्र प्रदेशको गुन्टुर जिल्लामा ७३ वर्षीया वृद्धाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् ।

महिलाको नाम येरामती मंगायम्मा हो र उनले बुधबार बिहान साढे १० बजे शल्यक्रियामार्फत् यी बच्चालाई जन्म दिएकी हुन् ।

उनको शल्यक्रिया गर्ने डाक्टर उमा शंकरले बीबीसी तेलुगुलाई भनिन्, ‘आमा र जुम्ल्याहा बच्चा दुबै स्वस्थ छन् । ती बच्चाहरु अबको २१ दिनसम्म डाक्टरको निगरानीमा रहनेछन् ।’

यी महिला जुम्ल्याहा बच्चालाई जन्म दिने सबैभन्दा पाको महिला भएको अनुमान गरिएको छ किनभने सबैभन्दा धेरै उमेरमा बच्चालाई जन्म दिने आधिकारिक रेकर्ड स्पेनकी मारिया डेल कार्मेन बाउसाडा लाराको नाममा छ जसले सन् २००६ मा ६६ वर्षको उमेरमा जुम्ल्याहालाई जन्म दिएकी थिइन् ।

यद्यपि, केही मानिसले यो रेकर्ड भारतकी ओमकारी पनवारको नाममा भएको दाबी गरिरहेका छन् ।

ओमकारीले सन् २००७ मा ७० वर्षको उमेरमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् ।

वर्षौंसम्म अस्पतालको चक्कर लगाइरहे दम्पत्तिलेः

मंगायम्माले खुसी व्यक्त गर्दै भनिन्, ‘मानिसहरुले मलाई बाँझो भन्थे । मैले अत्यधिक पीडा सहेकी छु । त्यसकारण मैले बच्चा जन्माउने निर्णय गरेँ । यो मेरो जीवनको सबैभन्दा खुसीको पल हो ।’

महिलाका श्रीमान् यरामती सीताराम राजारावले भने, ‘अब म खुसी छु । यो सबै यी डाक्टरका कारण सम्भव हुन सक्यो । हामीले विभिन्न अस्पतालमा थुप्रै तरिका अपनायौं । त्यसपछि हामी पुनः कोसिस गर्ने भन्दै यो अस्पताल आयौं । यहाँ आएको दुई महिनाभित्र मेरी श्रीमती गर्भवती भइन् । हामी पछिल्लो ९ महिनादेखि यसै अस्पतालमा छौं । मानिसहरुले हामीलाई बाँझो व्यक्ति भन्दथे ।  अब यस्तो भन्नेहरुको मुख टालिएको छ । हामी यी दुई छोरीहरुको निकै राम्रो तरिकाले हेरबिचार गर्नेछौं ।’

उनीहरुको विवाह सन् १९६२ को मार्च २२ मा भएको थियो । बच्चाको चाहनामा यी दम्पत्तिले वर्षौंसम्म अस्पतालको चक्कर लगाइरहे ।

केही दिन अघि जब यी दम्पत्तिका इलाकाकै एक ५५ वर्षीया महिलाले आइभिएफमार्फत् बच्चा जन्माए तब उनीहरुले पनि यो तरिका अपनाउने सोच बनाए ।

गत वर्ष यो दम्पत्ति गुन्टुरको यो क्लिनिकमा पुगे । डाक्टर उमा शंकरले सबै परीक्षणपश्चात् उनीहरुको उपचार सुरु गरे ।

के हो प्रविधी ?

महिलामा बढ्दो उमेरसँगै अण्डाणुको संख्या कम हुन सुरु हुन्छ र ३५ वर्ष पछि त यो तीब्र रुपमा कम हुन्छ ।

मंगायम्माको महिनावारी रोकिइसकेको थियो । त्यसकारण कुनै चिकित्सकीय मद्दतले गर्भवती हुनु असभ्व नै थियो ।

गर्भधारणका लागि यो दम्पत्तिले एक डोनरबाट अण्डाणु लिए र आइभिएफ प्रविधीमार्फत् त्यसलाई श्रीमान् सीताराम राजारावको शुक्रकिटसँग मिलाइयो । त्यसपछि बनेको भ्रुणलाई मंगायम्माको गर्भमा राखियो ।

पाको उमेरका महिलामा गर्भधारण एक जटिल प्रक्रिया हो र यस्तोमा अत्यधिक सावधानी अपनाउन आवश्यक छ ।

राताेपाटी

photo ; hamro patro

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL