अचम्म संसार Wednesday, 25 Sep, 2019
Prestige Media

२० औँ पटक आमा बन्दैछिन् ३८ वर्षीया महिला, डाक्टरसमेत हैरान

एकजना महिला जीवनमा कतिपटक आमा बन्न सक्लिन् ? तर, भारतमा एकजना महिलाले २० औँ बच्चा जन्माउँदै छिन् ।

महाराष्ट्रको बिड जिल्लास्थित केसापुर गाउँमा बस्ने लंकाबाई नामकी ती महिला २० औँ पटक आमा बन्न लागेकी हुन् । अहिले ती महिलाको पेटमा ७ महिनाको गर्भ रहेको छ ।

उनले यसअघि १९ पटक बच्चा जन्माइसकेकी भएपनि अहिले केवल ११ वटा छोराछोरी मात्रै जिवित छन् । उनको उमेरचाहिँ ३८ वर्षको छ ।

सरकारी अस्पतालमा गराइएको स्वास्थ्य परीक्षणका क्रममा लंकाबाई र उनको पेटमा रहेको गर्भ स्वस्थ रहेको पाइएको छ ।

अनौठो त के भने उनी यसअघि १९ पटक गर्भवती हुँदा कहिल्यैपनि अस्पताल आएकी थिइनन् र घरमै बच्चा पाएकी थिइन् । उनले २० औँ गर्भमा पहिलोपटक अस्पताल टेकेकी हुन् । उनलाई यो पटक अस्पतालमै भर्ना गरेर सुत्केरी गराउने तयारी छ ।

निकै गरीब परिवारकी लंकाबाईको परिवारका सदस्यहरु भिख माग्ने तथा मजदूर गर्ने काम गर्दछन् । उनीहरु एकठाउँमा नबसी फिरन्ते जीवन बिताइरहेका छन् ।

-एजेन्सीको सहयोगमा

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL