आजको पत्रपत्रीकाबाट Thursday, 9 Nov, 2017
Prestige Media

शिवराम जित नजिक

कार्तिक २३, २०७४-नम्बर एक प्रो शिवराम श्रेष्ठ सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको तेस्रो दिन बुधबार ६ अन्डर ६६ स्कोर गर्दै उपाधि नजिक पुगेका छन् । उनले १५ स्ट्रोकको अग्रतासहित उपाधिका लागि गोकर्ण गल्फ क्लबमा अन्तिम दिन १८ होल खेल्नेछन् ।

सर्वाधिक सफल नेपाली प्रो शिवरामले ५४ होलको स्कोर २१ अन्डर १ सय ९५ बनाएका छन् । पहिलो दिन पनि ६६ स्ट्रोक खेलेका उनले दोस्रो चरणमा व्यक्तिगत उत्कृष्ट नौ अन्डर ६३ को कार्ड बनाएका थिए । त्यसैले उनी गोकर्ण गल्फ क्लबमा कोर्स कीर्तिमान बनाउने संघारमा पनि पुगेका छन् । भारतीय गल्फर समिम खानले सन् २००८ को सूर्य नेपाल मास्टर्सको उपाधि जित्ने क्रममा २३ अन्डर २ सय ६५ स्कोर गरेका थिए । त्यस कीर्तिमान उछिन्ने अवसर शिवरामले पाएका छन् ।

सूर्य नेपाल गल्फ टुर २०१७–१८ को दोस्रो प्रतियोगिताको अन्तिम चरणमा शिवरामसँगै सूर्यप्रसाद शर्मा र सन्जय लामाले ‘फाइनल ग्रुप’ मा रहेर प्रतिस्पर्धा गर्नेछन् । दुई ओभर ७४ खेलेका सूर्य समग्रमा ६ अन्डर २ सय १० स्कोरसहित दोस्रोमा छन् । ६ अन्डर ६६ को कार्ड बनाएका सन्जयको कुल स्कोर दुई अन्डर २ सय १४ रहेको छ ।

भुवन नगरकोटी इभन पार २ सय १६ सहित चौथो स्थानमा छन् । उनले तेस्रो चरणमा १ अन्डर ७१ स्कोर गरे । शिवरामका दाई जयराम श्रेष्ठ दुई ओभर २ सय १८ सहित पाँचौं स्थानमा छन् । उनले तेस्रो दिन दुई ओभर ७४ खेले । मगर दाजुभाइ रामे र दीपक समान तीन ओभर २ सय १९ स्कोरसहित संयुक्त छैटौं स्थानमा छन् । तेस्रो चरणमा रामेले ७० र दीपकले ७५ स्ट्रोक खेले । एक अन्डर ७१ स्कोर गरेका धनबहदाुर थापा (चार ओभर २ सय २०) आठौंमा छन् भने दिनको स्कोर उति नै बनाएका पशुपति शर्मासँगै एक ओभर ७३ खेलेका भु बहादुर गुरुङ (दुवै ६ ओभर २ सय २२) शीर्ष १० मा रहेका छन् ।

शिवरामले सुरुका नौ होल चार अन्डर ३२ मा टुंग्याएका थिए भने पछिल्ला नौ होलको स्कोर दुई अन्डर ३४ बनाए । उनले पार ४ को नवौं होलमा दुई शट जोगाएर इगल बनाएका थिए । होल नं.१, ३, १२, १३, १४ र १८ औंमा बर्डी बनाए पनि १५ र १६ औं होलमा बोगीमा परेपछि उनले अझ ठूलो अग्रता लिने अवसर गुमाएका थिए ।

source ;kantipur

 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL