प्रमुख समाचार Monday, 26 Dec, 2016
Prestige Media

सबै प्रदेशमा मुख्य न्यायाधिवक्ता राख्न माग

पुस ११, २०७३- सरकारी वकिलहरूको पहिलो सम्मेलनले हरेक प्रदेशमा मुख्य न्यायाधिवक्ताको कार्यालय स्थापना गर्नुपर्ने मागसहित ३० बुँदे घोषणापत्र जारी गरेको छ ।

मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रदेश स्तरीय उच्च सरकारी वकिलको कार्यालयले सरकारवादी मुद्दाको प्रतिरक्षा र प्रादेशिक मुख्यमन्त्रीको कानुनी सल्लाह प्रदान गर्दा कठिनाइ देखिने भएको भन्दै सम्मेलनले नया संरचना प्रस्ताव गरेको हो ।

‘सरकारी वकिललाई सुम्पिएको जिम्मेवारी र मुख्य न्यायाधिवक्तालाई सुम्पिएको जिम्मेवारी, कार्यक्षेत्र, उत्तरदायित्वसमेतका विषयमा भिन्नता भएकाले प्रत्येक प्रदेशमा छुट्टै मुख्य न्यायाधिवक्ताको कार्यालय स्थापना गरिनुपर्ने’ घोषणापत्रमा उल्लेख छ । घोषणापत्रले सरकारवादी सबै मुद्दामा महान्यायाधिवक्ता र सरकारी वकिलको निर्णयबाट मात्र मुद्दा दायर हुने व्यवस्था र कानुनी अभ्यास स्थापनाको माग पनि गरेको छ ।

३० बुँदे घोषणापत्रमा जानाजान कानुनको उल्लंघन हुने गरी भएका निर्णयको प्रतिरक्षा नगर्ने पनि भनिएको छ । साथै सार्वजनिक हितविपरीत सरकारी निर्णयमा प्रतिरक्षा नगर्ने निर्णय गरेका छन् । अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा विभिन्न निकायबाट आवश्यक कागजात उपलब्ध गराउन नखोज्ने र चासो नदेखाउने परिपाटी बढिरहेको उल्लेख गर्दै सरकारी वकिलहरूले सहयोग नभए कानुनी प्रतिरक्षा ‘इन्कार गर्न’ बाध्य हुने निर्णय पनि गरेका छन् ।

सरकारी वकिलहरूको क्षमता विकासका लागि विभिन्न योजना अघि सार्ने निर्णय गर्दै सम्मेलनले उनीहरूको आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । सरकारी वकिलको सेवामा कर्मचारीको आकर्षण नरहेको र उनीहरू अन्यत्र सेवामा जान खोजेको निष्कर्ष निकाल्दै सम्मेलनले सेवा, सर्त र सुविधाका साथै कामको प्रकृति, कार्यबोझ र जिम्मेवारीअनुसार त्यसको पुनरावलोकन गर्नुपर्ने अवधारणा अघि सारेको छ । भेलाले गैरसरकारी संस्थाहरूको कार्यक्रममा सहभागी नहुने र हुनुपर्ने भए माथिल्लो निकायबाट अनुमति लिनुपर्ने अवधारणा अघि सारेको छ ।

मुद्दाको अनुसन्धानलाई वस्तुगत, वैज्ञानिक र प्रमाणमा आधारित बनाउने प्रतिबद्धतासहित सरकारी वकिलहरूले अभियोजन नीतिको आवश्यकता पनि औंल्याएका छन् । उक्त नीतिले प्रमाणको पर्याप्तता र सार्वजनिक हितलाई समेत निर्णय गरी मुद्दा दायर गर्ने विषयमा नीतिगत स्पष्टता गर्नेछ । महान्यायाधिवक्ताको कार्यालयमा स्थापित अपराधशास्त्रीय अनुसन्धान केन्द्रका लागि स्रोत, साधन, पूर्वाधार, जनशक्ति व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । साभार इकान्तिपुर बाट ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

शिवपुरीमा ढुंगाले हिर्काएर सरिता तिवारीको हत्या गरेका आरोपितको बयान– मरेको यकिन भएपछि खाल्डो खनेर पुरेँ”

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

जितले मान्यता जोगिने आशा जीवितै

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL