Breaking News
Thursday, 22 Dec, 2016
पूरा समय काम गर्दैनन् चिकित्सक
७ पुस, काठमाडौं । सरकारले ओपिडी पूरा समय खोल्ने वातावरण बनाउन पहल नगर्दा र तोकिएको सेवासुविधामा बढी समय सेवा दिन स्वस्थ्यकर्मीले अटेर गर्दा स्वस्थ्यसंस्थामा समस्या जटिल बनेको छ ।
स्वस्थ्य मन्त्रालयले गृहमन्त्रालयलाई पत्राचार गर्दै स्वास्थ्य संस्था तोकिएको समयसम्म खोल्न अटेरी गर्नेमाथि सबै कानुनअनुसार कारबाही गर्न समेत सहयोग मागेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गत भदौ २३को घोषणामै यो विषय समेटेका थिए । तर कार्यान्वयन भने अझै हुन सकेको छैन ।
चिकित्सकसँगै स्वास्थ्यकर्मीले अस्पतालमा पूरा समय नदिँदा सर्वसाधारणले भने सास्ती ब्यहोरिरहेका छन् । आजको नाग
रिक दैनिकमा समाचार छ ।







