आजको पत्रपत्रीकाबाट Saturday, 26 Nov, 2016
Prestige Media

नेपालले आज पाकिस्तानसँग खेल्ने

काठमाडौं- पाकिस्तानसँग शनिबार खेल्दै एसिया कप ट्वान्टी–२० क्रिकेटको सुरु गर्दा नेपाली राष्ट्रिय महिला टोलीसामु तयारी समयका सबै विवादछायाँमा पार्नुपर्ने चुनौती हुनेछ। अघिल्लो महिना हङकङमा आइसिसी विश्वकप छनोट खेल्दा प्रशिक्षक राजु बस्न्यातले खेलाडीमाथि दुर्व्यवहार गरेको आरोपले पछिल्लो केही समय नेपाली खेलजगतलाई तताएको थियो। उनले केही खेलाडीमाथि दुर्व्यवहार गरेको भन्दै लगाइएको आरोपविरुद्ध स्वयं खेलाडीले पत्रकार सम्मेलन गरेर खण्डन गरे। तर, त्यसले विवादको पारो केही कम भए पनि पूरै शान्त भने भइसकेको छैन।

नेपाली महिला टोलीमाथिको अर्को विवाद ब्याटिङमा आत्मविश्वासी नहुनु भन्ने हो। हङकङमा विश्वकप छनोटमा उपविजेता हुँदै एसिया कपका लागि स्थान सुरक्षित गर्दा नेपालको ब्याटिङ सबैभन्दा ठूलो चिन्ताको विषय थियो। त्यहाँ थाइल्यान्डविरुद्ध बनाएको १ सय ८ रन नै नेपालको उच्च स्कोर थियो। ब्याटिङमा निर्मला शाही र नेरी थापा बाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। थाइल्यान्डविरुद्ध ३६ रन बनाएकी निर्मला एसिया कप खेल्न थाइल्यान्ड गएको टोलीसँग छैनन्। भारतीय रेल्वेबाट महिला क्रिकेट खेल्दै आएकी निर्मलाले चोटका कारण आउन नसक्ने जानकारी गराएपछि टोलीमा उनको विकल्प खोजिएको थियो। रेल्वेबाट खेल्ने क्रममा घाइते भएपछि फिजियोथेरापिस्टले तीन साता आराम गर्न सल्लाह दिएकाले निर्मलाले आफू आउन नसक्ने भन्दै पत्राचार गरेकी थिइन्।

हङकङमा खेल्दाका १४ खेलाडीमा निर्मला अनुपस्थित हुँदा शोभा आले र संगीता राई थपिएका छन्। आइसिसीको छनोटमा १४ खेलाडीको टोली पठाउने व्यवस्था थियो भने एसिया कपटोली १५ खेलाडीको हुने भएकाले दुई खेलाडी थपिएको हो।

विश्वकप छनोटमा नेपालको तर्फबाट व्यक्तिगत स्कोर गर्ने राम्रो गरेकी नेरी थापाले चीनविरुद्ध ३८ र थाइल्यान्डविरुद्ध अविजित ३२ रन जोडेकी थिइन्। बिहीबार अभ्यास खेलमा नेपाली टोली आयोजक थाइल्यान्डसँग १९ रनले पराजित भएको थियो। थाइल्यान्डले छाडेको ८३ रनको लक्ष्य नेपालसामू चुनौती बन्यो। ६३ रनमा अलआउट हुँदा नेरीले १७बाहेक नेपालका लागि अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

एसिया कपमा प्रशिक्षक बस्न्यात र कप्तान रुबिना क्षेत्रीका लागि ब्याटिङको कमजोरी सुधार्दै अगाडि बढ्न मुख्य चुनौती छ । ‘टेस्ट राष्ट्रलाई हराउनु हाम्रो मुख्य लक्ष्य हो। ओपनरबाट मैले अलि सुधारिएको प्रदर्शन आशा गरेको छु। उनीहरूले आत्मविश्वाससाथ खेलेर राम्रो आधार बनाए भने पछि आउनेलाई सजिलो हुन्छ,’ प्रशिक्षक बस्न्यात भन्छन्, ‘टेस्ट खेल्ने देशहरूसँग खेल्न पाउनुमात्र पनि हाम्रा लागि ठूलो अवसर हो। यो अवसरहामीले पूरा उपयोग गर्नुपर्छ।’

असोजमा हङकङमा सम्पन्न आइसिसी महिला विश्वकपको एसिया छनोटमा दोस्रो भएको नेपाल एसिया कपलाई छनोट भएको हो। पहिलो हुने थाइल्यान्ड अन्तिम चरणको ग्लोबल छनोटलाई छानिएको छ।

एसिया कपमा पनि एसियाली छनोटविजेतालाई सहभागी गराउने एसियाली क्रिकेट परिषद (एसिसी) को नियमरहे पनिथाइल्यान्डआयोजकको हैसियतमा पहिल्यै छनोट भइसकेको थियो।

त्यसैले गर्दा नेपाल उपविजेता भए पनि छनोट हुन सफल भएको हो।

विश्वकप छनोटको तुलनामा नेपालले एसिया कपमा हस्ती टोलीहरूको सामना गर्ने मौका पाउँदैछ। नेपालले विश्व क्रिकेटमै शक्तिशाली छवि बनाएका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र आयोजक थाइल्यान्डसँग खेल्नेछ। स्तरको तुलना गर्ने हो भने प्रतियोगिता नेपालका लागि फलदायी हुने पक्का छ।

इतिहास पल्टाउँदा महिला टोलीले सुरुआतमा महत्वपूर्ण अन्तर्राष्ट्रिय उपाधि भित्याएको छ। सन् २००७ मा एसिसी महिला प्रतियोगितामा उपविजेता बनेको नेपालले २००८, २०१०, २०१२ मा एसिसी यू–१९ च्याम्पियनसिपको उपाधि जितेको छ। तर पछिल्लो समयको क्रिकेटमा देखिएको अस्थिरता र निराशाले महिला टोलीलाई असर गरेको छ। वर्षमा एउटा राष्ट्रिय स्तरीय प्रतियोगिता खेल्न पनि मुस्किल छ महिला खेलाडीलाई। अन्तर्राष्ट्रिय अनुभवको कमी र हतारमा प्रतियोगिताको तयारी गर्नु महिला टोलीको नियमित प्रक्रिया जस्तै भइसकेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट समितिको निलम्बनमा परेको नेपालका लागि महिला टोलीको प्रदर्शनले नयाँ आशाको किरण थप्न सक्नेछ। टेस्ट राष्ट्रसामु नेपाली क्रिकेट वास्तविक स्तरमापन गर्न सहयोग गर्न सक्छ, एसिया कपले।नागरिक दैनिक बाट

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL