प्रमुख समाचार Wednesday, 28 Mar, 2018
Prestige Media

सामाजिक परिचालकको माग पूरा

काठमाडौँ, चैत १४ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत तीन महिनादेखि सडक आन्दोलनमा रहेका सामाजिक परिचालकको माग पूरा गरेको छ । मन्त्रालयले आगामी असार मसान्तसम्मका लागि करार सेवा अवधि मन्त्रीस्तरीय निर्णयबाट थप गरेसँगै सामाजिक परिचालकको माग पूरा भएको हो ।

माग पूरा भएपछि मङ्गलबारदेखि नै सामाजिक परिचालकको आन्दोलनसमेत समाप्त भएको छ । स्थानीय तहको वडा कार्यालयमा कार्यालय सहायक तथा सामाजिक परिचालकका रूपमा कार्य गर्ने गरी असार मसान्तसम्मका लागि मन्त्रालयले करार सेवा अवधि थप गरेको छ ।
स्थानीय तहमा रहेर उत्कृष्ट कार्य सम्पादन गरेका साबिक सेवा सुविधा प्राप्त गर्दै आएकालाई निरन्तता दिई सेवा अवधि थप गर्ने मन्त्रालयले जनाएको छ । करार सेवामा काम गर्न नआउने सामाजिक परिचालकको स्थानमा भने नयाँ कर्मचारी राख्नसमेत मन्त्रालले सबै स्थानीय तहलाई आग्रह गरेको छ ।
आगामी आर्थिक वर्षदेखि भने सामाजिक परिचालकका लागि आवश्यक आर्थिक दायित्व सङ्घीय सरकारसँग नरहने र स्थानीय तह आफैँले आर्थिक व्यवस्थापन गर्नुपर्ने मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिनुभयो । नेपाल सामाजिक परिचालक सङ्घका सचिव विनोद ढुङ्गानाले सरकारले आफूहरूको माग पूरा गरेसँगै आन्दोलन अन्त्य भएको बताउनुभयो ।
सामाजिक परिचालकहरूले स्थानीय तहका सर्वसाधारण नागरिकबीच पुलको काम गर्दै आएका थिए । त्यस्तै स्थानीय तहको विकासनिर्माणको काममा सहभागी हुने, सरकारको नीति, कार्यक्रम र योजनाअनुसार स्थानीय तहमा परिचालित हुने, सरकारको राष्ट्रिय खोप अभियान, खुला दिसामुक्त, स्थानीय बालमैत्री शासन निर्माणलगायतका सरकारका महìवपूर्ण कार्यक्रममा सामाजिक परिचालकको महìवपूर्ण भूमिका रहँदै आएको सङ्घले जनाएको छ । गोरखापत्र

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL