प्रवास Monday, 6 Nov, 2017
Prestige Media

अमेरिकाको टेक्ससमा अन्धाधुन्ध गोली प्रहार, २६ को मृत्यु

बीबीसी। अमेरिकाको टेक्सस प्रान्तमा आइतबार चर्चमा अन्धाधुन्ध गोली प्रहार हुँदा २६ जनाको मृत्यु भएको छ। एक बन्धुकदारीले चर्चमा प्रार्थना भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार गरेको बीबीसीले जनाएको छ। प्रहरीका अनुसार सो गोलीबारीमा २६ जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन्।

सो आक्रमण सदरल्याण्ड स्प्रिंग्सको विलसन काउन्टी इलाकाको फस्र्ट बाप्टिस्ट चर्चमा भएको हो। बीबीसीका अनुसार आक्रमणकारी स्थानीय समय अनुसार विहान ११ः३० बजे चर्चमा प्रवेश गरेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए। प्रहरीको कारवाहीमा आक्रमणकारीको पनि मृत्यु भएको छ।

सामाजिक संजालमा पोष्ट गरिएको भिडियोमा चर्चको बाहिरी भागलाई प्रहरीले घेरा हालेको देखिएको छ। घाइतेलाई अस्पताल पुर्याउन हेलिकप्टरको प्रयोग गरिएको छ।

एफबीआइका प्रतिनिधि घटनास्थलमा पुगेका छन्। टेक्ससका गभर्नर ग्रेगले सो आक्रमणलाई घृणित कामको संज्ञा दिँदै भनेका छन्, ‘यो एकदमै घृणित कार्य हो,यसले सबैलाई नोक्सान भएको छ।’ उनले टेक्ससको इतिहासमा यो सबैभन्दा भयावह गोलीबारी भएको बताए।

टेक्ससका जनसुरक्षा विभागका क्षेत्रीय निर्देशक फ्रिम्यान मार्टिनले सो गोलीबारीमा मृत्यु हुनेको उमेर पाँच वर्षदेखि ७२ वर्षकासम्म रहको बताए। प्रशासनले कम्तिमा पनि २० जना घाइते भएको जनाएको छ। जापानको भ्रमणमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै भनेका छन, ‘भगवान सदरल्याण्ड स्प्रिंग्स, टेक्ससका मानिसलाई साथ दिनुहोस्। एफबीआई र प्रहरी समयमै घटनास्थल पुगेका छन्। म जापानबाट घटनामाथि नजर राखिएको छु।’

source ; dcnepal

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आजको विदेशी मुद्रा विनिमयदर

किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल

भोलि १ बजे सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थागित

म्यानपावर व्यवसायीसँग ‘फ्री भिसा फ्री टिकट’मा कामदार पठाएको विवरण माग

राष्ट्रपति पौडेल स्वदेश फर्किए

पहिरो पन्छाएपछि खुल्यो पृथ्वी राजमार्ग

९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स

चीनद्वारा नेपाली नागरिकलाई भिसा निःशुल्क

अध्यागमनबाट निषेधित क्षेत्रमा जानेलाई अनलाइन रुट परमिट’ जारी

वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै केही दिन नचल्ने

नेपाल भारतको पर्यटन मेलामा सहभागी

विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न चाहन्छन्ः अर्थमन्त्री महत

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL