Uncategorized Friday, 3 Nov, 2017
Prestige Media

छलाङ मार्दै मैथिली रंगमञ्च

 

जनकपुरधाम : मैथिली रंगमञ्चले पछिल्लो समयमा आएर देश विदेशमा स्थान बनाउँदै गएको छ । मैथिली आधुनिक नाटकको सुरुआत पण्डित जीवनाथ झाद्वारा लिखित ‘दुर्गाविजय’ नामको नाटकबाट भएको मानिन्छ । यो नाटक २०१५ सालमा मञ्चन भएको थियो । भारतबाट जनकपुर आएका पण्डित झाले लामो समयसम्म अध्यापकका रूपमा यहाँ काम गरेका थिए ।

उनीबाहेक नाटककारहरू लालदास, मुंसी रघुनन्दन दास, हर्षनाथ झा, तेजनाथ झा, त्रिलोचननाथ मिश्र, आनन्द झा, ठाकुरप्रसाद झा, शम्भुनाथ झा, शिवाकान्त ठाकुर, दामोदर झा, डा. बज्रकिशोर बर्मा, राधाकृष्ण चौधरी, गोविन्द झासहितले मैथिली रंगमञ्चका नाटक लेखेका हुन् ।

मिथिला क्षेत्रमा कर्णाटक वंशीय राजाहरूले शासन गरिरहेका समयमा नै मैथिली नाटकको परम्परा सुरु भएको मानिन्छ । त्यसपछि मल्ल र सेनवंशी राजाहरूले पनि मैथिली नाटकलाई प्रोत्साहित गरेको इतिहास छ । मैथिली नाटकका रूपमा पहिलोपटक १४औं शताब्दीमा ज्योतिरिश्वर ठाकुरद्वारा लेखिएको नाटक ‘धूर्त समागम’ मञ्चन भएको जानकारहरू बताउँछन् ।

आधुनिक कालमा मैथिली नाटक लेखन उत्साहपूर्ण भए पनि नाटक मञ्चनको कामले भने गति लिन सकेको छैन । २०१३ सालमा वासुदेव ठाकुरको ‘सत्यनारायण भगवान्’ मैथिली नाटक धनुषाको लोहनामा मञ्चन भएको थियो । त्यस बेला दसैं, तिहार र छठ पर्वमा मात्रै नाटक मञ्चन हुने गथ्र्यो, त्यो पनि अधिकांश हिन्दी भाषामा । तर, २०३६ सालमा जनकपुरमा मिथिला नाट्यकला परिषद् स्थापना भएपछि मैथिली रंगमञ्चको अवस्थामा परिवर्तन आएको हो । मिनापले सुरुदेखि नै आफ्नो भाषिक आन्दोलनका साथै रंगमञ्च, संगीत, साहित्य, नृत्य र मैथिली भाषासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्दै आएको हो । मैथिली नाटकको प्रगतिपथमा मिनापको ठूलो भूमिका छ ।

सुरुमा भारतीय नाटककारहरू मैथिली नाटक मञ्चन गर्ने गर्थे तर पछि महेन्द्र मलंगियाद्वारा लिखित मौलिक मैथिली नाटक मिनापले मञ्चन गर्‍यो । बभनगामास्थित कन्टिर झा माध्यमिक विद्यालयमा अध्यापन पेसामा लागेका मलंगिया मिनापमा स्थापनाकालदेखि नै आबद्ध छन् । उनले नै मिनापको नाटक निर्देशन गरी गतिशील बनाएका हुन् । मिनापबाहेक मैथिली रंगमञ्चको विकासमा जनकपुर क्षेत्रको युनाव, रामानन्द युवा क्लब, आकृति नाट्य समूह, रंगदर्पण लगायतका संघसंस्थाले पनि निकै ठूलो योगदान दिएका छन् ।

धनुषाको देउरी परवाहामा रामरेखा पण्डितले रमेशरञ्जन झासँग मिलेर २०४२ सालमा युवा नाट्यकला परिषद् स्थापना गरेका थिए । युनापले ‘देह पर कोठी खसादिअ’, ‘फटफटिया काका’, ‘काठक लोक’, ‘पुस जाड कि माघ जाड’, ‘ओरिजनल काम’ लगायतका दर्जनौं नाटक मञ्चन गरिसकेको छ । २०५० सालमा जनकपुरमा स्थापित रामानन्द युवा क्लबले पनि थुप्रै मैथिली नाटक मञ्चन गरिसकेको छ ।

२०४९ सालमा स्थापना भएको आकृति नाट्य समूहले पनि निकै चर्चा पाएको छ । हाल यो नाट्य समूह बन्द भए पनि यसको मैथिली रंगमञ्चमा निकै योगदान छ । मैथिली नाटकहरू ‘एकटा आओर वसन्त’, ‘पेटक खातिर’, ‘महिषासुर मुर्दावाद’, ‘आदर्श कुटुम्ब’जस्ता नाटकले निकै चर्चा पाएका थिए ।

 

अन्नपूर्णमा खबर छ

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

प्रधानमन्त्रीको शपथमा हुने छैनन् विदेशी राष्ट्रका सरकार प्रमुख

नेप्से २१.७६ अंकले बढ्यो

दिनभरिको अग्रता अन्तिममा बिक्रि प्रेसर हुदा नेप्से ०.३२ अंक वृद्धिमा सिमित

घिउकुमारीका यती धेरै फाइदा आज सम्म कसैलाई थाहा छैन

विदेशी मुद्राको विनिमय दर

सन्दीप सहित पाँच खेलाडी विराटनगरद्वारा रिटेन

थाइल्यान्डका प्रधानमन्त्री निलम्बित

कार्तिक १७ गते उपनिर्वचन गर्न निर्वाचन आयोगको सिफारिस

प्रधानमन्त्री ओली र स्टोनियाका राष्ट्रपतिबीच भेटवार्ता

एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनको बिशाल अन्तरले पराजित

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL