देशको बिकासमा युवाहरुको भूमिका
मणी राई, काठमाडौं
असार १६
आज राजधानी काठमाडौंको चाबिल स्थित प्रेस्टिज मिडिया प्रा लि द्धारा देशको बिकासमा युवाहरुको भूमिका विषयक एक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयको छ । कार्यक्रममा प्रिस्टिज मिडियाका निर्देशक अग्नी प्रसाद भट्टराईले सभापतिको भूमिका निर्बाह गर्नुभएको थियो । यसका साथै प्रमुख अतिथी वौध गुरु आचार्य नुर्वु लामा शेर्पा विशेष अतिथिमा राष्ट्रिय नागरिक पार्टिका अध्यक्ष सिदार्थ अधिकारी , नेपाल महिला संघकी केन्द्रिय सदस्य माया राना , अन्तराष्ट्रिय व्यवसायी तथा मानब अधिकार कर्मी ङिमा नुर्वु शेर्पा महिला समाजसेवी तथा विहानी एकल महिला समुहकी अध्यक्ष झुमा लामा र सेती लामाको विषेश आथित्यता रहेको थियो त्सैगरी अनेरास्ववियुका केन्द्रिय सदस्य अर्जुन न्यौपाने र शिक्षिका सिर्जना न्यौपानेले पनि आफ्नो आथित्यता ग्रहण गर्नुभएको थियो । उहाहरुले यस अन्तक्र्रिया कार्यक्रमलाई सम्वोधन गर्दै देश बिकासको भूमिकाको सम्वन्धमा महत्वपूर्ण विचारहरु राख्नुभएको थियो । देशको बिकासमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको र यसका लागि राज्यले उचित व्यवस्थापन गर्नुपर्छ भन्ने उहाहरुको विचार थियो । साथै अहिले देशका प्रतिमाशाली युवाहरु बाहिरिदा राज्य हाँक्न सक्ने जनशक्तीको अभावलाई पनि उहाहरुले औल्याउनु भएको छ । साथै यस अन्तक्र्रिया कार्यक्रम मार्फत उहाहरुले अब शैदान्तिक ज्ञान सँगै व्यहारिक ज्ञानलाई पनि सँगै लानुपर्नेमा जोड दिनुभयको छ । यसका लागि युवाहरु नेत्तृत्वमा पुग्न जरुरी छ ।







