इटहरी, १९ फागुन । नेपाल प्रेस युनियन, सुनसरीले नेपाल पत्रकार महासङ्घ सुनसरीको दशौँ जिल्ला अधिवेशनमा नेपाल प्रेस युनियनका तर्फबाट महासङ्घको केन्द्रीय सभासद् ,प्रदेश सभासद् र जिल्ला कार्य समितिको विभिन्न पदमा निर्वाचित पदाधिकारीहरुलाई आज कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।
प्रेस युनियनका तर्फबाट केन्द्रीय सभासद्मा हर्ष सुब्बा, याम प्रधान, सुविद गुरागार्इं, इकबाल अहमद, बेदराज पौडेल, हेमराज दाहाललगायतले विजय हासिल गर्नुभएको थियो । यसैगरी प्रदेश सभासद्हरुमा सचिव पोख्रेल, सन्तोष यादव, धनबहादुर पुरी, पवल अधिकारी, गणेश निरौला, बाबुराम कार्की, राजन कार्की र विमल शाक्यले विजय प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी महासङ्घ सुनसरी सभापतिमा अमर खड्का सहसचिवमा ध्रुव ढकाल तथा सदस्यहरुका कानुन कार्की, अर्जुन सुवेदी, सुनिल चौधरी, अजित झा, टोमराज मेहता र विवेक भट्टराई सदस्य निर्वाचित हुनुभएकाले उहाँहरुलाई पनि सम्मान गरिएको छ ।
महासङ्घमा युनियनका तर्फबाट निर्वाचित सबैलाई बधाईसँगै सम्मान गर्दै नेपाली काँग्रेस सुनसरी सभापति राजीव कोइरालाले युनियनका निष्ठा र छविलाई उचाइमा पु¥याउँदै स्वतन्त्र प्रेसको अस्तित्व स्थापित गराउन भरमग्दुर प्रयास गर्न आग्रह गर्नुभयो ।
युनियन सुनसरी अध्यक्ष गणेश निरौलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टी जिल्ला सचिव केदार भण्डारी, युनियन पूर्वाञ्चल संयोजक लीलाबल्लभ घिमिरे, महासङ्घ सभापति अमर खड्का, पवन अधिकारीले बोल्नुभएको थियो । रासस