Breaking News
Tuesday, 28 Feb, 2017
पत्रकार भण्डारी पुरस्कृत
विराटनगर, १७ फागुन । सहिद लक्ष्मी फुयाँल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार अम्बिका भण्डारीलाई आज यहाँ पुरस्कृत गरिएको छ ।
नेपाल प्रेस सेन्टरको आयोजनामा भएको कार्यक्रममा नेकपा (माओवादीकेन्द्र)का मोरङ इन्चार्ज कुलप्रसाद साम्बाले भण्डारीलाई सम्मान गर्नुभयो । विसं २०६१ मा मोरङको बाहुनीमा आजकै दिन सहादत हुनुभएका फुयाँलको सम्झनामा स्थापित सो पुरस्कारको राशि रु १० हजार छ । पुरस्कृत भण्डारी ‘संयन्त्र डट कम अनलाइन’ र साप्ताहिक पत्रिका ‘संयन्त्र’ मा कार्यरत हुनुहुन्छ । रासस







