Breaking News Monday, 20 Feb, 2017
Prestige Media

दू्रत मार्ग निर्माण कार्यले गति लिने

काठमाडौँ, ९ फागुन । काठमाडौँ र तराई मधेस जोड्ने दू्रत मार्ग (फास्ट ट्र्याक) निर्माणका सम्बन्धमा सुझाव दिन गठित उच्चस्तरीय समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ संयोजक रहेको समितिले सो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको हो । सो मार्ग निर्माण नेपाल सरकार स्वयम्ले बनाउने घोषणा भइसकेको सन्दर्भमा विगतमा भारतीय कम्पनीले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) केही मूल्यमा लिएर आन्तरिक स्रोत जुटाई छिटो निर्माण कार्य आरम्भ गर्न सुझाव दिइएको छ । विकास समिति वा कम्पनीको ढाँचाको कार्यालय स्थापना गरी तत्काल कार्य आरम्भ गरी आगामी पाँच वर्षभित्र आयोजना पूरा गर्न सकिने सुझाव दिइएको छ ।

करिब रु सवा खर्ब लाग्ने सो आयोजनाका लागि चालु आर्थिक वर्षका सरकारले रु दश अर्ब विनियोजन गरेको छ । डिपिआर लिन सो कम्पनीले रु ३८ करोड भारु माग गरेकामा त्यसमा संवाद गरेर कम मूल्यमा पनि लिन सकिने संयोजक डा श्रेष्ठले बताउनुभयो । उक्त कम्पनीसँगका सम्झौता रद्द भइसकेको छ ।

प्रधानमन्त्री दाहालले सो प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायतमन्त्री रमेश लेखकलाई हस्तान्तरण गर्दै लामो समयदेखि बहसको विषय बनेको सो आयोजनासम्बन्धी सुझाव प्रतिवेदन तत्काल कार्यान्वयन गरिने बताउनुभयो । नेपाल सरकारले नै बनाउने भन्ने बारेमा अब कुनै अन्यौल नरहेको जनाउँदै उहाँले आगामी कामलाई व्यवस्थित गर्न मार्गप्रशस्त भएको उल्लेख गर्नुभयो ।

उहाँले यसलाई गम्भीरतापूर्वक लिई छिटो निर्णयमा पुगिने जनाउँदै उहाँले दू्रत मार्ग निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसँग पनि अन्तरसम्बन्ध भएकाले यसलाई महत्व दिइने बताउनुभयो । काठमाडौँबाट एक सय ५९ किलोमिटर दूरी हुने सो मार्गमा नेपाली सेनाले चार वर्षअघि ट्र्याक खोलिसकेको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL