Breaking News Sunday, 12 Feb, 2017
Prestige Media

स्नातक उत्तीर्ण वलीले कपाल काटेरै मासिक ५० हजार कमाउँछन्

लिबाङ (रोल्पा), १ फागुन । काम कहिले पनि सानो वा ठूलो हुँदैन भन्ने मान्यता राख्ने रोल्पाका २७ वर्षीय जीवन वलीले स्नातक उत्तीर्ण गरेर कपाल काट्ने पेसा अङ्गाल्दै आउनुभएको छ ।

स्थायी ठेगाना बागमारे–१ दाङ भएका वलीले सरस्वती प्रावि बागमारे दाङबाट अक्षर आरम्भ गरेको भएपनि करिव पाँच वर्ष पहिले मात्रै पद्मोदय पब्लिक उच्च मावि भरतपुर दाङबाट स्नातक उत्तीर्ण गर्नुभएको हो ।

वलीले केही वर्ष यता रोल्पामा हेयर कटिङ सञ्चालन गर्दै आउनुभएको छ । एकाबिहानै होस् वा राति अबेरसम्म, उहाँको पसलमा सेवाग्राहीको बाक्लो भीड देख्न सकिन्छ । मीठो बोली र सुमधुर मुस्कानले ग्राहकलाई हरपल स्वागत गर्ने वलीले खासखास समयमा मासिक रु. ५० हजारभन्दा बढी आम्दानी गर्नुहुन्छ । अन्य समयमा पनि मासिक ३० हजारभन्दा बढी नै आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।

सामान्य परिवारमा जन्मिएका वलीको बाल्यकाल सुखद् नै रह्यो । परिवारको कान्छो सदस्य भएकै कारण सबैबाट माया ममता पाएका वलीलाई सानैदेखि स्वाबलम्बी बन्ने रहर थियो ।

वलीले परिवारको करकापमा तीन पटक जति सरकारी विद्यालयमा रिक्त रहेको शिक्षक पदका लागि आवेदन दिनुभयो र परीक्षामा सहभागी हुनुभयो तर सफल हुन सक्नुभएन । त्यसपछि असफलताको तीतो अनुभूति बोकेर २०६६ सालतिर काठमाडौँ हानिनुभयो ।
आफ्नो बाल्यकालको स्मरण गर्दै वलीले भन्नुभयो – “म पढाइमा पनि त्यति नराम्रो थिइनँ । विद्यालय उमेरदेखि नै प्रायःजसो द्वितीय वा तृतीय स्थानमा आउँथे । तर पढाइमा राम्रो भएरमात्र जागिर खान नसकिने भएपछि काठमाडाँै गएँ ।” यसरी साथीभाइ कसैलाई कुनै किसिमको जानकारी नै नदिई घरपरिवारको सल्लाहमा सुटुक्क काठमाडौँ पुगेका वलीले निरन्तर छ महिनासम्म काठमाडौँको सल्मान हेयर कटिङ सेन्टरमा कपाल काट्ने र मसाज गर्ने तालिम लिनुभयो । वलीका अनुसार त्यो समयको सबैभन्दा सजिलो पेसा हेयर कटिङ थियो र यो पेसा अपनाउनु रहरभन्दा पनि बाध्यता थियो ।
परिवारमा कसैले पनि नगरेको काम भएको हुँदा उहाँले सुरुसुरुका दिनमा निकै कष्ट झेल्नुप¥यो । एकजना काठमाडौँका ठूलो व्यापारीको दाह्री र अर्का एक सरकारी कर्मचारीको कपाल काट्दा बिग्रियो र दुबै जना बेस्सरी रिसाएको उहाँको मानसपलटमा अझै ताजै छ ।
यसरी करिव छ महिनासम्म सिप सिकेका वलीले काम गरेको ५० प्रतिशत रकमबाट करिव सात महिनामा ५० हजार जति रकम बचत गरेर दाङ फर्कनुभयो र आफन्तबाट ३० हजार सहयोग लिएर कुल ८० हजारमा दाङमा आफ्नै सैलुन सुरु गर्नभयो ।

केही महिना दाङमा व्यवसाय गरेका वलीलाई शुभचिन्तकले रोल्पामा जान सल्लाह दिए । सोही अनुरुप उहाँ २०६७ सालतिर रोल्पा लाग्नुभयो ।

पहिलो पटक प्रमुख जिल्ला अधिकारी आफ्नो पसलमा कपाल काट्न आउँदा आपूmलाई निकै खुसीको अनुभूति भएको उहाँ स्मरण गर्नुहुन्छ ।
मन, वचन र कर्मले कटिबद्ध बन्न सके स्वदेशमै रोजगार पाउन सकिने उहाँको धारणा छ । बर्सेनि लाखौँ युवा रोजगारीका लागि खाडी मुलुक धाइरहेका बेला वली एक उदाहरणीय पात्र बनेर रोल्पा जस्ता विकट ठाउँमा काम गरिरहनुभएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL