Breaking News Friday, 10 Feb, 2017
Prestige Media

छोराको आशामा आर्थिक बोझ थोपर्दै ऋषिदेव समुदाय

पथरी (मोरङ), २८ माघ । सन्तानलाई दुई छाक जाउलो जुटाउनै समस्या छ, दक्षिणी मोरङको सिजुवा–३ का फागुलाल ऋषिदेवलाई । ३८ वर्षीय फागुलालका दुई छोरा र ६ छोरी छन् । बर्सेनि जस्तो एकपछि अर्को गरी जन्मिएका छोराछोरीलाई चिसो छल्ने लुगाफाटोभन्दा पेटभरि खाने अन्नमा नै फागुलालको ध्यान केन्द्रित छ ।

फागुलालकी जेठी छोरी उहाँभन्दा १७ वर्ष मात्र कान्छी छन् । तर छोरीलाई ज्वाइँ खोज्ने बेलासम्म सन्तानको इच्छा फागुलालको रहर होइन, बाध्यता हो । उहाँ भन्नुहुन्छ–“छोरा भएन, हाम्रो जातमा छोरा भएन भने कुटुम्ब पनि आउँदैन, काजक्रिया गर्न पनि छोरो नै चाहिन्छ ।” उहाँले छोरा पर्खंदा पर्खंदै आठ सन्तानको बाबु बन्नु परेको नियति सुनाउनुभयो ।

त्यसो त सिजुवा–३ मा उहाँ मात्र छोराको पर्खाइमा धेरै सन्तानको बाबु बन्नुभएको होइन । हब्बुलाल माझीको नियति पनि फागुलालको भन्दा फरक छैन । हब्बुलाल ३७ वर्षको उमेरमा पाँचजना छोराछोरीको बाबु बनिसक्नुभएको छ । भन्नुहुन्छ–“लगातार चार छोरी जन्मिए, छोरा पर्खंदा पर्खंदै पाँच सन्तान भइसके । उहाँले पाँचौँ सन्तान चाहिँ छोरो भएको सङ्केत गर्नुभयो । उहाँका १ वर्ष, ६ वर्ष, ४ वर्ष, ३ वर्ष र डेढ वर्षका छोराछोरी छन् । सबै छोराछोरी घरमै सकुशल जन्मिएको हब्बुलालले सुनाउनुभयो । फागुलाल र हब्बुलाल मात्र होइन, बस्तीमा धेरैले छोराको पर्खाइमा आफैँलाई आर्थिक बोझ थोपरिरहेका छन् ।

जमिनको नाममा ओतलाग्ने सानो छाप्रोबाहेक केही नभएका माझी र ऋषिदेव हिउँदमा साहू महाजनको धान काटेर झन्डै आठ महिना खाने अन्न भेला गर्छन् । बर्खामा कृषि मजदुरी गर्छन् । तर पछिल्लो समय कृषिमा आधुनिक प्रविधि भित्रिएसँगै उनीहरूको गाँस पनि खोसिँदै गएको छ । त्यसो त उहाँहरूलाई परिवार नियोजनसम्बन्धी ज्ञान नभएको होइन, हब्बुकी पत्नी शान्तिकुमारी भन्नुहुन्छ–“हाम्रो जातमा आइमाई मान्छेले भनेको के हुन्छ र ?” रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL