Breaking News Thursday, 9 Feb, 2017
Prestige Media

शिक्षा र स्वास्थ्यका आवश्यकता पूरा भए मुलुक समृद्ध हुने

काठमाडौँ, २७ माघ । स्वास्थ्यमन्त्री गगन थापाले शिक्षा र स्वास्थ्यका आधारभूत आवश्यकता पूरा भएमा मुलुक समृद्धितर्फ लम्कने बताउनुभएको छ ।

‘आजकोे शिक्षा’ साप्ताहिकको दशौँ वर्ष प्रवेशका अवसरमा आज यहाँ आयोजित सम्मान कार्यक्रममा जनताले मुख्यगरी ती दुई क्षेत्रमा आफ्ना आकाङ्क्षा पूरा भएको हेर्न चाहेको मन्त्री थापाले जनाउनुभएको हो ।

उहाँले सार्वजनिक शिक्षाको सुधारका लागि ठूला सामुदायिक विद्यालयको अवधारणामा जानुपर्ने र शिक्षा तथा स्वास्थ्य क्षेत्रका उद्यमीलाई प्रोत्साहन गर्न सकेमा नेपालीहरु परनिर्भर भइरहनुनपर्ने पनि उल्लेख गर्नुभयो ।

मन्त्री थापाले ‘आजको शिक्षाडटकम’ को शुभारम्भ पनि गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्साल, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेललगायतले सो पत्रिकाको सफलताको कामना गर्नुभयो ।

शिक्षाकर्मी सम्मानित

कार्यक्रममा शिक्षाविद्, शिक्षा सेवी र पत्रकारहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा डा विद्यानाथ कोइराला, डा बाबुराम अधिकारी, डा भोला दाहाल, महाश्रम शर्मा, रमाकान्त शर्मा, जीतबहादुर साह, उत्तरकुमार पराजुली, प्रकाशसिंह अधिकारी, कृष्ण सुवेदी, टीकाराम रेग्मी, इन्द्रकुमार श्रेष्ठ, प्रकाश सिलवाल, लक्ष्मण केसीलगायत हुनुहुन्थ्यो । सो पत्रिका १० वर्षअघि सुदर्शन सिग्देलको सम्पादनमा प्रकाशित हुँदै आएको छ । रासस प्रकाश

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL